बर्दिया,३२असार ।बर्दियाको मनाउ गाविस जिल्लाको पहिलो पुर्ण
साक्षर गाविस घोषणा भएको छ ।
प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुवँरले एक कार्यक्रमका
बीच बुधबारबाट मनाउ गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गर्नुभएको हो ।
मनाउ गाविसमा १५बर्ष
भन्दा माथिल्लो उमेरका ९७ प्रतिशत मानिसहरु
साक्षर रहेकाले पुर्ण साक्षर गाविस घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले
बताउनु भयो ।
नेपाल राष्ट्रिय गणेश उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार लामिछानेका अनुसार मनाउको कुल जनसंख्या ६हजार
१सय ९५ मध्ये १सय १० जना मात्र निक्षर रहेको र केही महिना भित्र उनीहरुलाई पनि साक्षर
बनाईने छ ।
Comments
Post a Comment