भुकम्प पीडितहरुका लागि बर्दियामा बाँसगढी क्षेत्रबाट सबैभन्दा बढि राहत रकम संकलन


क्षितिज पौडेल
बर्दिया,१३साउन। भुकम्प पीडितहरुका लागि बर्दियामा बाँसगढी क्षेत्रबाट सबैभन्दा बढि राहत रकम संकलन भएको   संकलित रकम सोमवार एक कार्यक्रमको अयोजना गरी प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको

बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत गणेशविक्रम शाहीले  बाँसगढी क्षेत्रबाट संकलन गरि एभरेष्ट बैंकमा रहेको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको लाख ७१ हजार सय ९० रुपैयाँको बैंक भौचर  जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष बिनोदबहादुर कुँवरलाई हस्तान्तरण गर्नु भएको हो
बाँसगढी नगरपालीका कार्यकारी अधिकृत गणेश बिक्रम शाहीको सभापतित्वमा सम्पन्न राहत हस्तान्तरण कार्यक्रममा बोल्दै  जिल्ला दैबिक प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले बर्दिया जिल्लामा हालसम्मकै सबैभन्दा धेरै राहत रकम हस्तान्तरण गरेर बाँसगढी नगरपालीकाले ठूलो गुण लगाएको बताउनु भयो
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बाँसगढी नगरपालीकाको सहयोगी कार्य अत्यन्तै सह्रानीय भएको बताउनु भयो।
बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत गणेश बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनितिक दल, बुद्धिजिबि, बिभिन्न संघ संस्था, सञ्चारकर्मीहरुको सहभागिता रहको थियो

बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत गणेश बिक्रम शाहीको अध्यक्षतामा गठित  नगरस्तरीय राहत संकलन समितिले बाँसगढी नगरपालिकाका बिभिन्न  क्षेत्रबाट संकलित जिन्सी समान बिक्रीबाट लाख ९२ हजार ५४ रुपैयाँ, साबिक डेउढाकलाबाट लाख २५ हजार सय ३३ रुपैयाँ, साबिक मोतिपुरबाट ७६ हजार सय २२ रुपैयाँ, बेलवाबाट १३ हजार सय ८१ रुपैयाँ अन्य संघ संस्थाबाट २२ हजार रुपैयाँ संकलन गरीएको थियो

Comments