बाढिका कारण अवरुद्ध बिद्युत सुचारु,बिद्युत महसुल तिर्न गएका ग्राहकहरुलाई फिर्ता गर्न आईतवारदेखि फुटकर तथा सिक्का पैसा उपलब्ध गराईने
पी सी एन
बर्दिया,२साउन ।बिहीबार र शुक्रवारको बर्षाका कारण क्षति हुन पुगेका बिद्युत लाईनहरुको मर्मत
कार्य पुरा भएपछि बर्दिया जिल्लाको केही स्थानहरुमा अवरुद्ध बिधुत सेवा सुचारु भएको छ ।
नेपाल बिद्युत प्राधिकरण गुलरिया बितरण केन्द्रका प्रमुख
कुशेश्वर प्रसाद साहुका अनुसार बिहीबार र शुक्रबारको बर्षाले जब्दीघाटस्थित बबई नदी क्रस गरि लगिएको ११ किलोभोल्टको लाईनको
तार बाढीले बगाउदा र चुडाउंदा मगरगाडी,धधवार,डेउढाकला क्षेत्रमा बिधुत आपुर्ति ठप्प थियो । बाढीका कारण क्षति हुन पुगेका बिद्युत तार,पोल मर्मत गरि अहिले जिल्ला भरी नै बिद्युत आपुर्ति नियमित र सुचारु भएको छ।
राजापुर नगरपालिकाको मुरैयामा भने शनिवार दिंउसो टान्सफरमर परिवर्तन गरि लाईन सुचारु गरिने बिद्युत प्राधिकरणले जनाएको
छ ।
यसैबीच केही बिद्युत पैसा बुझाउने काउण्टरमा बिद्युत
महसुल तिर्न गएका ग्राहकहरुलाई फिर्ता
गर्न आईतवारदेखि फुटकर
तथा सिक्का पैसा उपलब्ध गराईने नेपाल बिद्युत प्राधिकरण गुलरिया
बितरण केन्दका्र प्रमुख
कुशेश्वर साहुले बताउनु भयो ।
Comments
Post a Comment