क्षितिज पौडेल
बर्दिया,२४असार। बाल बिवाह न्युनिकरणका लागी मोहम्दपुर गाविसमा गाविस सचिव नारायणप्रसाद पराजुलीको संयोजकत्वमा बिहिबार गाविस स्तरीय समिति गठन गरिएको छ ।
जिल्ला बिकास समिति बर्दियाको आयोजना तथा सिविन बर्दिया र महम्दपुर गाविसको समन्वयमा सो समिति गठन भएको हो ।
जिल्ला बिकास समिति बर्दियाका योजना अनुगमन तथा मुल्याङकन अधिकृत सुन्दरप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा जिल्ला शासन बिज्ञ पार्बती भण्डारीको उपस्थितिमा सो समिति गठन गरिएको हो ।
कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा नागरिक मञ्चका संयोजक तथा सदस्यहरु ,संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु पनि सहभागी रहनु भएको थयो ।
Comments
Post a Comment