पी सी एन
बर्दिया ,१६साउन। वातावरणमैत्री स्थानीय शासनमा जोड दिदै आएको जिल्ला विकास समिति बर्दियाले आफनो कार्यालय परिसर भित्र रहेको झाडि बुटयान सफा गरि खाली जग्गामा बृक्षारोपण गरेको छ ।
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको विशेष पहल र जिल्ला कृषि विकास कार्यालयको प्राविधक सहयोगमा झाडि बुटयान सफा गरि आंप र लिचिका बिरुवाहरु रोपिएको छ ।
बर्दियामा प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले आम्रपाली जातको आपको बिरुवा रोपेर सो बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा स्थानीय विकास डिल्लीराम सिग्देल ,योजना अनुगमन तथा प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ,ने क पा एमाले बांकको अध्यक्ष अशोक कोईराला,बर्दिया अध्यक्ष हरि ज्ञवाली,राप्रपाका निर्वतमान अध्यक्ष मेघनाथ,अधिकारी, प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष अमर खड्का ,बर्दियाका प्रहरी प्रमुख गोविन्दराम परियार,सशस्त्र प्रहरी उपरीक्षक प्रदिप पाल लगायतले आम्रपाली जातको आंप र सिडलेस जातको लिची गरि ३सय भन्दा बढि बिरुवा रोपिएको हो।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी ब्यवसायीहरु, संचारकर्मी र नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment