बर्दिया,१७साउन । चौपाया खरिद बिक्री कारोबार गर्ने अनुमतिको कागजात देखाउदा देखाउदै पनि सशस्त्र प्रहरीले साउन १४ गते अवैध भनेर भन्सार बुझाएको ५जना मानिससहित २५थान गोरु, २वटा ट्रक ,२थान मोटरसाईकल बिना शर्त फिर्ता पाउनुपर्ने ब्यवसायीहरुको मांग छ । उनीहरुले गोरुको कारोवार बिना शर्त गर्न पाउने व्यवस्था मिलाउन समेत स्थानीय प्रशासन र नेपाल सरकारसंग आग्रह गरेका छन् ।
गुलरियामा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले नेपाल सरकारको नीति नियम बमोजिमको कारोबार गर्दा गर्दे पनि अनाहकमा गोरुको खरिद बिक्रीमा संलग्न ब्यापारीलाई दुःख दिने गरेकोमा आपतिm पनि जनाए । सशस्त्र प्रहरीले शक्तिको आडमा ब्यापारीलाई हेपेको उनीहरुको आरोप छ ।
गत साउन ८गते गुलरिया हाटबजारबाट खरिद गरि बेलभारमा जम्मा गरिएका गोरुहरुलाई साउन १४गते लोड गरि सर्लाहीको नवलपुर तर्फ बिक्री गर्न लगिरहेको अवस्थामा सशस्त्र जर्बजस्ती घेरा हालि गुलरिया भन्सार कार्यालयमा बुझाएको व्यपाारी रोशन डल्लाकोटीले बताउनु भयो ।
सशस्त्र प्रहरीलाई कागजात देखाउदा देखाउदै पनि अवैध बनेर भन्सार बुझाउने कार्य ज्यादती भएकाले आफुहरु न्यायका लागि सशस्त्र प्रहरी मुख्यालय र सरोकारवाला निकायमा जाने स्थानीय एंव व्यवसायी मदन खतिवडाले बताउनु भयो । उनले स्थानीय प्रशासन ,गृह सचिव र सशस्त्र आई जी पी लाई पनि घटना बारे जानकारी गराएको प्रष्ट पार्नुभयो ।
अर्का ब्यवसायी अफताव आलमले सर्वोच्च अदालतको अन्तरिम आदेश बिपरीत कारोबारको स्वतन्त्रतामा प्रहरीले हस्तक्षेप गरेको बताउनु भयो ।
डकुमेण्टी नभेटिएपछि सशस्त्र प्रहरीले आवश्यक कारवाही लागि भन्सार बुझाएको ५जना मान्छे २५ वटा गोरु ,गोरु बोक्ने २ वटा टक र २वटा मोटरसाईकलको बारेमा आवश्यक बयान एंव अनुसन्धान भईरहेको गुलरिया भन्सारका प्रमुख मनोज बि क ले बताउनु भयो ।
निरजकुमार सिंहले दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतका माननीय न्यायधीश कल्याण श्रेष्ठ र तर्कराज भट्टको एकल ईजलासले पशु चौपाया सम्बन्धि कारोवारमा प्रहरी कार्यालयहरुले सुरक्षा प्रयोजनबाहेक अन्य किसिमको अवरोध गर्न नपाउने र कारोवारको स्वतन्त्रतामा हस्तक्षेप नगर्न पाउने अन्तरिम आदेश २०७०साल माघ १२गते दिएको थियो ।
Comments
Post a Comment