अखण्ड मध्यपश्चिमको पक्षमा आन्दोलन शुरुवात गरेकोमा आन्दोलन प्रर्वद्धक दिनेशप्रसाद श्रेष्ठले खुशी ब्यक्त गर्नुभयो

पी सी एन
बर्दिया,२५साउन। अखण्ड मध्यपश्चिम आन्दोलनका बैचारिक प्रर्वद्धक, आन्दोलन आरम्भकर्ता एंव अधिकारकर्मी दिनेशप्रसाद श्रेष्ठले सुर्खेती जनताले ढिलै भएपनि अखण्ड मध्यपश्चिमको महत्व बुझेर आन्दोलन आरम्भ गरेकोमा खुशी ब्यक्त गर्दे अखण्ड मध्यपश्चिमको पक्षमा बर्दियामा पनि पुनः आन्दोलनको शुरुवात गर्ने बताउनु भएको छ।
प्रेस क्लब अफ नेपालसंगको विशेष साक्षात्कारमा अधिकारकर्मी श्रेष्ठले ऐतिहासिक,धार्मिक,सांस्कृतिक,सामाजिक,राजनैतिक ,आर्थिक ,भौगोलिक ,पर्यटकीय ब्यापारिक सबै हिसाबले मध्यपश्चिमलाई टुक्राउन नहुने बताउदै सुर्खेती जनताले चालेको आन्दोलनमा मध्यपश्चिमका सबै जिल्लाका बासिन्दाहरुलाई ऐक्बद्धता एंव समर्थन जनाउन सबैमा अपिल गर्नुभएको
बांके ,बर्दियामा सिचाई गर्न जलबिधुत उत्पादन एंव उपभोग गर्न पर्यटन पुर्वाधारको विकास गर्न पनि अखण्ड मध्यपश्चिम जरुरी रहेको बताउदै उंहाले पहाडि,मधेशी,हिन्दु ,मुस्लिम,थारु आदिवासी बीचको सदभाव कायम राख्न मधेशका बासिन्दालाई पहाडि जिल्लामा रोजगार ब्यापार गर्न पनि अखण्ड मध्यपश्चिम जरुरी रहेको तर्क गर्नुभयो
चीनको मान सरोवरदेखि भारतको अयोध्यासम्म बग्ने कर्णाली नदी मध्यपश्चिमका जिल्लाहरुको भारत तिब्बतका बासिन्दा एंव बुद ,हिन्दु ,मुस्लिम जैनधर्मालम्बीहरुको संगको प्राचीन सम्बन्ध स्मरण गराउदै अखण्ड मध्यपश्चिम आन्दोलनका प्रर्वद्धक श्रेष्ठले भन्नुभयो जलबिधुत,सिचाई,पर्यटन व्यापार व्यवसायको लागि पनि आधुनिककालमा पहाड तराईको जिल्लाहरुको सम्बन्ध जरुरी
प्रशासनिक बिकेन्द्रिकरण ,बढि भन्दा बढी अधिकार  विकास मध्यपश्चिमेली जनातालाई प्रदान गरि हालकै संरचनालाई कायम गर्दै अखण्ड मध्यपश्चिम कायम नगरे मध्यपश्चिीमेली जनातको हितका लागि बर्दियामा पनि छिटटै आन्देलन गर्ने उंहाको भनाई थियो

सुर्खेती जनताले चलाएको आन्दोलन ठिक भएको बताउदै प्रर्वद्धक श्रेष्ठले ,सबै जनता जागरुक भई अखण्ड मध्यपचिमको पक्षमा आजैबाट लाग्नु पर्ने बिचार ब्यक्त गर्नुभयो

Comments