भदौ ६गतेबाट पठनपाठनमा कुनै अवरोध नपुरयाउने थरुहट∕ थारुवानको निर्णय,प्रदेशको सीमांकनमा पुर्नबिचार गर्न प्रेस क्लब अध्यक्षको सुझाव
बर्दिया,४ भदौ । बिद्यार्थीहरुको निर्वाधरुपमा पढन पाउने अधिकारलाई ध्यानमा राखि थरुहट∕ थारुवान संर्घष समितिले भदौ ६गतेबाट बर्दिया जिल्लामा संचालित शिक्षणसंस्थाहरुको
पठनपाठनमा कुनै अवरोध नपुरयाउने बताएको छ ।
शुक्रबार गुलरियामा आयोजित पत्रकार सम्मेलनमा थरुहट∕ थारुवान संर्घष समिति बर्दियाका संयोजक गोविन्दप्रसाद थारुले बिधार्थीहरुको हितलाई ध्यानमा राखि बर्दिया जिल्लामा संचालित शिक्षणसंस्थाको पठनपाठनमा अवरोध नपुरयाउने बताउनु भयो । शिक्षण संस्था बाहेक बजार,कलकारखाना र पसलहरुको बन्द भने जारि रहेको छ ।
समितिले बिहान ८बजेदेखि १०बजेसम्म र सांझ ५देखि ६बजेसम्म स्कुल बस संचालन गर्न अनुमति दिईएको बताएको छ। स्कुल बस,सुरक्षाकर्मी,प्रेस,एम्बुलेन्स ,बिरामी तथा पानी बोकेका सवारी साधन बोकेका सवारी साधन बाहेक अन्य सवारी साधन चलाएमान आवश्यक कारवाही गर्ने थरुहट∕ थारुवान संर्घष समिति बर्दियाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
यसैबीच प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे शुक्रबार एक सन्देश सम्प्रेषित गरि भदौ ६गतेबाट शिक्षणसंस्थाको अध्ययन अध्यापनमा अवरोध नपुरयाउने थरुहट थारुवानको निर्णयको स्वागत गर्नु भएको छ । उंहाले जुनसुकै परिस्थितीमा पनि बिद्यार्थीहरुको पढन पाउने अधिकारको सम्मान गरेकोमा आन्दोलनरत पक्षलाई धन्यवाद पनि दिनुभएको छ ।
साथै सन्देशमा प्रेस क्लब अध्यक्ष घिमिरेले देशमा भएका र भईरहेका बिभिन्न आन्दोलनलाई सम्बोधन गर्न ६प्रदेशको सीमांकनलाई जनचाहना बमोजिम परिमार्जन गरि आदिवासी,जनजाति,थारु,मधेशी,मुस्लिम लगायत पिछडिएका क्षेत्रलाई विशेष अधिकार प्राप्त हुने र
नेपाललाई समृद्ध र राजनैतिकरुपले स्थिर राख्ने लोकतान्त्रिक एंव समावेशी चरित्रको संविधान जारि गर्न पनि सभासद र दलहरुलाई आग्रह गर्नुभएको छ ।
Comments
Post a Comment