पंहुच तथा नियन्त्रण बढाउने खालका नीति तथा कार्यक्रमहरु संचालनमा ल्याउन जि वि स ,गा वि स र स्थानीय राजनैतिक दलहरुसंग मांग

पी सी एन
बर्दिया,२७ साउन बर्दियाका युवाहरुले स्थानीय राजनैतिक,आर्थिक सामाजिक संरचनाहरुमा युवाहरुको पंहुच तथा नियन्त्रण बढाउने खालका नीति तथा कार्यक्रमहरु संचालनमा ल्याउन जि वि ,गा वि स्थानीय राजनैतिक दलहरुसंग मांग गरेका छन्।
युवासंग सम्बद्ध संघ संस्थाहरुको आयोजनामा जि वि हल गुलरियामा १६औं अन्र्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा युवाहरुले सो मांग गरेका हुन
हरेक संरचना निकायमा हामी युवाहरुको सहभागिता सुनिश्चितता हुनुपर्दछ ःयुवा अभियान बर्दियाका संयोजक निराजन चौधरीले भन्नुभयो उंहाले आफुहरु भविष्यका कर्णधार मात्र नभई विकासका साझेदार पनि भएकाले राजनैतिक दल स्थानीय निकायले युवाहरुको महत्व बुझि उनीहरुलाई  राजनैतिक तथा विकास अभियानमा संगसंगै परिचालन गर्नुपर्ने बताउनु भयो
जिल्ला युवा संजालका उपसंयोजक खडग विश्वकर्माले बर्दियाका युवाहरुको आर्थिक स्थिति सुधार गर्न नियमित आयआर्जनका लागि स्वदेशमै जिल्ला तथा स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन मांग गर्नुभयो उंहाले युवाहरुलाई लक्षित गरि लागु औषध,बालबाविवाह महिला ंिहंसा नियन्त्रण जस्ता युवा लक्षित विशेष सामाजिक कार्यक्रम ल्याउन संघसंस्था ,स्थानीय निकायलाई अनुरोध समेत गर्नुभयो
कार्यक्रममा कालिका युवा संजालका संयोजक रेशम पुनले  उच्च माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने मांग राख्नुभयो
जिल्ला युवा संजालका संयोजक केशव टमटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल,एकीकृत माओवादीका जिल्ला अध्यक्ष हिमाल शर्मा,ने पा एमाले जिल्ला सदस्य ईन्द्रबहादुर रावल,नेपाल परिवार दलका अध्यक्ष सुशील लामिछाने,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,गैर सरकारी संस्था महासंघका अध्यक्ष बिष्णु तिमल्सिना,बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण  वली लगायतले युवाहरुले उठाएका सवालहरुलाई सबै मिलेर उचित सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो

 कार्यक्रममा बर्दियाका युवाहरुको तर्फबाट जिल्ला युवा संजाल बर्दियाका संयोजक केशव टमटाले स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललाई ज्ञापन पत्र समेत पेश गर्नुभयो।

Comments