थारुसंग सम्बद्ध संघसस्थाहरुले गरेको अनिश्चितकालीन बर्दिया बन्दले जनजीवन कष्टकर बन्दै ,आजबाट बन्द अझै सशक्त पारिदै
पी सी एन
बर्दिया,२९साउन। थारु कल्याण्कारी सभा र थारुसंग सम्बन्धित राजनैतिक दल तथा संघसस्थाहरुले साउन २६गतेबाट गरेको अनिश्चतकालीन बर्दिया जिल्ला बन्द आज चौथौ दिनबाट भलनै सशक्त भएको छ । बन्दको चौथौ दिन गुलरियाको कोठियागांउ नजिकै आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चौथादिन अर्थात साउन २९गतेबाट बन्द सशतm पारेको घोषणा गरेका छन्।
यस अघि बजार र सार्वजनिक यातायात संचालनमा रोक लगाएका उनीहरुले शुक्रबारदेखि मोटरसाईकल,उद्योग कलकारखाना,बैक तथा बितmीय संस्था,शिक्षण सस्था बन्दको घोषणा गरेका छन।
प्रेस,एम्बुलेन्स,पानी र दुध बोक्ने सवारी साधन,कुटनीतिक नियोगका सवारी बाहेकका सम्पुर्ण सवारी साधनलाई आवतजावतमा रोक लगाईएको थारु थारुवान संयुक्त मुल संर्घष समितिका संयोजक गोविन्दप्रसाद थारुले बताउनु भयो ।
यस अघि बिहान ५बजेदेखि बेलुकी ५बजेसम्म रहेको बन्द समयावधिलाई एक घण्टा बढाएर बेलुका ६बजेसम्म बन्दको घोषणा गरिएको छ ।
सरकारले आफुहरुको मांग उपर कुनै सुनवाई नगरेको भन्दै उनीहरुले अनिश्चितकालीन जिल्ला बन्दलाई अझ बढि सशक्त पारेका हुन ।
थारुवान संयुक्त मुल संर्घष समितिले साउन ३१ गते सदरमुकाम गुलरियामा विशाल जनसभाको आयोजना गरेको बताउदै सो सभामा थारु प्रत्येक घरबाट एक जना अनिवार्य सरिक हुुनु उर्दी समते जारि गरेको छ ।
६प्रदेशको सहमति खोरजी गरि कंचनपुरदेखि चितवनसम्मको थरुहटभुमि थरुहट स्वायतm प्रदेश बनाउनु पर्ने मांग राखि थारु कल्याणकारीणी सभा,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,थरुहट तराई पार्टी नेपाल ,बरघर महासंघ,नगर बरघर गुलरिया,मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र थारु बिद्यार्थी परिवारको आयोजनामा अनिश्चितकालिन बर्दिया जिल्ला बन्दको आवहान गरिएको हो ।
शुक्रबारको पत्रकार सम्मेलनमा बिरु चौधरी र प्रवक्ता देवमान थारुले पनि बोल्नु भएको थियो ।
Comments
Post a Comment