पी सी एन्
बर्दिया,२ भदौ । ६प्रदेशको सहमति खोरजी गरि कंचनपुरदेखि चितवनसम्मको थरुहटभुमि थरुहट स्वायतm प्रदेश बनाउनु पर्ने मांग राखि थरुहट ∕थारुवान संयुक्त संर्घष समितिले साउन २६गतेबाट र समानुपातिक र समावेशीकरण
पहिचान सहितको संघीय नेपालको संविधान जारि हुनु पर्ने मांग राखि सयुक्त मधेशी मोर्चाले भदौ १गतेबाट गरेको मधेश तराई थरुहट बन्द एंव आम हडतालका कारण बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ ।
थरुहट ∕थारुवान संयुक्त संर्घष समितिको आवहानमा ९दिनदेखिको लगातारको बन्दले
सर्वसाधरणहरुलाई आवतजावत,सरकारी काम ,किनमेल, जीविकोपार्जनमा प्रत्यक्ष असर परेपनि समस्या समाधानमा कसैको चासो गएको छैन । हाललाई भदौ ४गतेसम्म अनिश्चितकालिन आम हडताल जारि राख्ने निर्णय भएको संर्घष समितिका संयोजक गोविन्दप्रसाद थारुले बताउनु भयो । उंहाले थारु आदिवासीको अधिकार र पहिचान स्थापित हुने संघीय संरचनाका ब्यवस्था नंहुदासम्म आन्दोलन जारि रहने बताउनु भयो ।
भदौ ४गतेसम्म अनिश्तिकालिन आम हडतालको क्रममा बिरोधसभा,कोणसभा,आमसभा,धर्ना,जुलुस,जनप्रर्दशन पनि जारि राखिने बताउनु भयो ।
बन्दले गर्दा एम्बुलेन्स,प्रेस र मानव अधिकार कर्मी,सुरक्षा निकाय ,बिरामीका सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा आएका
छैनन। बजार ,शिक्षण संस्था,कलकारखाना समेत बन्द रहेका छन् ।
Comments
Post a Comment