सजग रहन सबैमा आग्रह ,बबई नदीमा पानीको सतह भने घट्दै,दांगको पानीले पानी बढन सक्ने

पी सी एन
बर्दिया, भदौ गए रातीबाट बर्दियाको उतरी भेगमा बर्षा भईरहेको भन्दै जिल्ला दैवि प्रकोप उद्धार समितिले सम्भावित बाढी एवम् डुवानबाट सजग रहन सम्पूर्ण बर्दियाबासी नागरिकहरुमा हार्दिक अनुरोध गरेको छ।
जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले  आज बिहीबार बिहान स्थानीय संचार माध्यमलाई सन्देश सम्प्रेषित गरि बबई नदीको माथिल्लो भेगमा बर्षा भइरहेको हाल बबईको सर्तकता अपनाउनु पर्ने लेभल .५मीटरको नजिक अर्थात सतह .७८ मीटर रहेकाले सजग रहन सबैमा अनुरोध गर्नुभएको हो ।उंहाले अप्ठयारो स्थितिमा मानवीय सहयोग एवम् उद्धार आवश्यक परेमा आफ्नो स्थानबाट सहयोग पु¥याउन सम्बन्धित सबैमा निर्देशन समेत दिनुभएको
उहाले मानवीय सहयोग एंव उद्धार आवश्यक परेमा नजिकको सुरक्षा निकाय, नेपाल रेडक्रस, गाउँ विकास समिति÷ नगरपालिका कार्यालयमा पनि सम्पर्क राख्न अनुरोध गर्नुभएको छ।
साथै उंहाले सहयोगका लागि प्रमुख जिल्ला अधिकारी  बिनोदबहादुर कुवरको सम्पर्क नम्बर ९८५८०३७७७७,स्थानीय विकास अधिकारी श्री डिल्लीराम सिग्देलको सम्पर्क नम्बर ९८५८०२४४८४,नेपाल रेडक्रसका सभापति  कृष्णप्रसाद गौतमको सम्पर्क नम्बर ९८५८०३२७४९, प्रहरी उपरीक्षक गोविन्दप्रसाद परियारको सम्पर्क नम्बर ९८५८०३५५५५,सशस्त्र प्रहरी उपरीक्षक  प्रदिपकुमार पालको सम्पर्क नम्बर ९८५१२७२११८वा ९८५११३८७९०, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको नम्बर ९८५८०२७२७१,प्रशासकीय अधिकृत श्री महेन्द्रजंग शाहीको नम्बर ९८५८०२४३३६,ना.सु. श्री दिलबहादुर पौडेलको नम्बर ९८४८०२३१२८, आपतकालिन कार्य संचालन केन्द्र भिमबहादुर रावतको नम्बर ९८५७८९०६९९, सुन्दर के सीको नम्बर ९८४७९५४२०८, ओमप्रकाश थारुको नम्बर ९८१६५३८३६९ मा सम्पर्क गर्न समेत जिल्ला दैवि प्रकोप उद्धार समितिले सबैमा अनुरोध गरेको

यसैबीच जलमापन केन्द्र चेपांगमा गेज रिडर मोहनलाल जोशीका अनुसार बबई नदीमा बिहान .७८मिटर रहेको पानीको सतह घटेर अहिले .३०मीटरमा झरेको पानी पर्न पनि कम भएको बताउनु भएको ।उंहाका अनुसार दांगमा परेको पानी आएमा बबई नदीमा पानीको सतह केही बढने अनुमान

Comments