थारु कल्याण्कारी सभा तथा संघसस्थाहरुले आजबाट गरेको अनिश्चतकालीन बर्दिया जिल्ला बन्दले जनजीवन प्रभावित

पी सी एन
बर्दिया,२६साउन। थारु कल्याण्कारी सभा थारुसंग सम्बन्धित राजनैतिक दल तथा संघसस्थाहरुले आजबाट गरेको अनिश्चतकालीन बर्दिया जिल्ला बन्दले जनजीवन प्रभावित भएको ।बन्दले गर्दा एम्बुलेन्स,प्रेस मानव अधिकार कर्मी,सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा आएका छैनन। बजार ,शिक्षण संस्था,कलकारखाना समेत बन्द रहेका छन्
६प्रदेशको सहमति खोरजी गरि कंचनपुरदेखि चितवनसम्मको थरुहटभुमि थरुहट स्वायतm प्रदेश बनाउनु पर्ने मांग राखि थारु कल्याणकारीणी सभा,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,थरुहट तराई पार्टी नेपाल ,बरघर महासंघ,नगर बरघर गुलरिया,मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक थारु बिद्यार्थी परिवारको आयोजनामा अनिश्चितकालिन बर्दिया जिल्ला बन्दको आवहान गरिएको हो
मंगलबार गुलरियामा आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका अध्यक्ष एंव  आन्दोलनका संयोजक गोविन्दप्रसाद थारुले राज्यको पुर्न संरचनाको सवालमा शीर्ष नेताहरुले गरेको  उतर दक्षिण हिमाल पहाड थरुहट तराई  जोडेर बनाएको ६प्रदेशको सहमति  अविलम्ब खारेजीको मांग गर्नुभयो ।थारु आदिवासी जनजातिको अधिकार बिरुद्ध स्वेच्छचारी ढंगबाट गरेको सहमतिलाई अध्यक्ष चौधरीले प्रतिगामी कदमको संज्ञा दिनुभएको
पत्रकार सम्मेलनमा आन्दोलनको कार्यक्रम बारे जानकारी गराउदै प्रवक्ता देवमान चौधरीले अनितश्चकालिन जिल्ला बन्दको क्रममा साउन २७गते जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा जनपरिचालन तथा कोण सभा गर्ने साउन २८गते बर्दियाको सदरमुका गुलरियामा जनसभा गर्ने बताउनु भएको ।अनिश्चितकालिन जिल्ला बन्द कार्यक्रमलाई अवज्ञा गर्दा हुने क्षतिको जिम्मा नेपाल सरकारले लिनुपर्ने आन्दोलनकर्मीहरुले बताएका छन् अनिश्चितकालिन जिल्ला बन्दको क्रममा प्रत्येक दिन बिहान ५बजेदेखि बेलुकी बजेसम्म रहने आयोजकले जनाएको

मंगलबार आयोजित पत्रकार सम्मेलनमा थारु नेताहरु बिष्णुप्रसाद थारु,सन्तराम धरकटावा थारु,बिरु चौधरी,किरण चौधरी,जनक चौधरी लगायतको उपस्थिति रहेको थियो

Comments