बर्दियामा ४जना प्रहरी र १२ आन्दोलनकारी घाईते

पी सी एन
बर्दिया,६भदौ। जिल्ला प्रशासन कार्यालयमा थरुहट स्वयातm प्रदेश लेखि तालाबन्दीको प्रयास गरेपछि बर्दियामा थरुहट र संयुक्त मेधशी मोर्चाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरिएको छ । अश्रुग्यास प्रहारपछि भएको झडपमा ४जना प्रहरी र १२ आन्दोलनकारी घाईते भएका छन्। घाईतको गुलरिया अस्पतालमा उपचार भईरहेको छ ।
ठुलो संख्यामा सदरमुकाम आएका थरुहट र सयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले  जिल्ला प्रशासन कार्यालको साईन बोर्ड फालेर थरुहट स्वायतm प्रदेश लेखेको ब्यानर टास्न लाग्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।
बन्दकर्ता र प्रहरी बीचको झडपले गर्दा बर्दियाको सदरमुकाम गुलरिया केही बेर तनावमय बनेको थियो । अहिले स्थिति नियन्त्रणमा आएकाले बन्द कर्ताहरुले बिरोध सभा गरिरहेका छन्।
यसैबीच थरुहट संर्घष समितिका कार्यकर्ताहरुले बर्दियाको राजापुरमा रहेको मालपोत,नगरपािलका र ईलाका प्रशासन कार्यालयमा थरुहट स्वायतm प्रदेश लेखि तालाबन्दी समेत गरिदिएका छन् ।
बर्दियामा लगातारको ११ दिनको आमहडताले  जनजीवन पुर्ण प्रभावित बनेको छ । शिक्षण संस्था आजबाट संचालनमा आएपनि बजार,कलकारखाना र यातायातका साधन भने पुर्ण रुपमा ठप्प छन्।
चितवनदेखि कंचनपुरसम्मको भुभागलाई थरुहट प्रदेश बनाउने मांग रािख थरुहट थारुवान संर्घष समितिले साउन २६गतेदेखि बर्दिया बन्द गरेको छ ।

Comments