गुलरियाको मुख्य बजार र सरकारी कार्यालय क्षेत्रमा सभा जुलुश गर्न निषेध

पी सी एन
बर्दिया,८भदौ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बर्दियाको गुलरिया नगरपालिकाका केही स्थानमा सभा  जुलसु गर्न नपाईने गरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ बमोजिम पुर्वमा नीलो आयल देखि पश्चिम बसपार्कको  मांतगी चोकसम्म र उतरमा कृषि विकास बैंक,सनतोषी टोल मिलन चोक  देखि दक्षिणमा  भन्सार कार्यालय ,शिवालय चोक ,कृषि विकास कार्यालय सम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला बिनोदबहादुर कुंवरले जानकारी दिनुभयो ।
नागरिकको जीउधनको सुरक्षा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा सभा जुलुश गर्न निषेध गरिएपनि नागरिकलाई हिडडुल र आवागमनमा भने प्रशासनले कुनै रोक लगाएको छैन्
र थारुवान थरुहटको संयुक्त संर्घष समितिको र विगत १हप्तादेखि संयुक्त मधेशी मोर्चाको बन्दको कारण बर्दियाको जनजीवन पुर्ण प्रभावित बनेको छ ।

Comments