आमहडतालको कार्यक्रम स्थगित गरि संविधान सभा र राजनैतिक दल केन्द्रित शान्तिपुर्ण आन्दोलन गर्न प्रेस क्लबको सुझाव

पी सी एन्बर्दिया,१०भदौ। राष्ट्रियता,लोकतन्त्र,प्रेस स्वतन्त्रता,नागरिक अधिकार र स्थानीय विकासमा कृयाशील स्वयमसेवी संस्था प्रेस क्लब अफ नेपाल (पी सी एन) ले आम हडतालको कार्यक्रम स्थगित संविधान सभा र राजनैतिक दलका उच्च नेतृत्वलाई दवाब पुग्ने शान्तिपुर्ण आन्दोलन मार्फत आफुहरुको मांग पुरा गर्न आन्दोलनरत दल तथा संघसंस्थाहरुलाई सुझाव दिनु भएको छ ।आन्दोलनरत दलहरुले  आधा महिनादेखि गरेको  आम हडतालका कारणसामान्य नागरिकको  जनजीवन अस्तब्यस्त भईसेकेको र सरकार,प्रधानमन्त्री,संविधान सभा ,राजनैतिक दलको शीर्ष नेतृत्व पनि आन्दोलनरत दल एंव संघसंस्थाको मांग पुरा गर्न तैयार रहेको  अवस्थामा आमहडतालको आवश्यकता नदेखिएकोले आन्दोलनको स्वरुपमा परिवर्तन गर्न बिज्ञप्ती मार्फत प्रेस क्लब अफ नेपालले आन्दोलनरत दल तथा संघसंस्थाहरुलाई आग्रह गरेको हो ।प्रेस क्लब अफ नेपालका तर्फबाट अध्यक्ष यमनाथ घिमिरेले जारि गर्नुभएको विज्ञप्तीमा सरकारले वार्ता र सहमति मार्फत समाधान खोज्ने प्रतिबद्धता सहित वार्ताको लागि आवहान गरेको,प्रमुख दलका शीर्ष नेताहरुले पनि विधेयक संशोधन गरेर जायज मांग पुरा गर्ने प्रतिबद्धता जनाएको ,संविधानको परिमार्जित बिधयेकमाथि बुधबारदेखि सैद्धान्तिक सहमति शुरु भईसेकेको  र जन्मअष्टमी,रक्षाबन्धन ,जनैपुर्णिमा ,गौरापर्व ,हरितालिका तीजजस्ता चापर्वहरु नजिकैदै गएको अवस्थामा आम हडतालका कार्यक्रमहरु स्थगित संविधानसभा र राजनैतिक दल केन्द्रित शान्तिपुर्ण आन्दोलन गर्न सुझाव दिएको हो । प्राप्त उपलब्धीलाई संस्थागत गर्न संविधान जारि गर्नुको विकल्प नरहेकोले सरकार,राजनैतिक दल,आन्दोलनरत पक्ष र संविधान सभा सबै एक ठाउमा बसि जनचाहना बमोजिमको प्रदेश सीमांकन गर्न समेत प्रेस क्लबले सबैमा आग्रह गरेको छ ।प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरेले हालै मुलुकमा संचालन भएको थरुहट र मधेशी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दे अमनचयन, सामाजिक एकता कायम गर्न ,सरकार , राजनीतिक दल ,आन्दोलनरत पक्ष र नागरिकसँग आग्रह पनि गर्नु भएको छ।विज्ञप्तीमा प्रेस क्लब अफ नेपालले  बर्षोदेखि विकास र राज्यको पंहुचबाट टाढा बनाईएका बर्दिया र बांके वा दांगलाई प्रादेशिक राजधानी हुने गरि कैलालीको निर्वाचन क्षेत्र नं १,२ र ३ ,बर्दिया,बांके,दांग,रोल्पा,प्युठान,रुकुम,कपिलवस्तु,अर्घाखाची र गुल्मी जिल्ला सम्मिलित प्रदेश निर्माण गर्न समेत सुझाव दिईएको छ । प्रेस क्लब अफ नेपाल (पी सी एन) ले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा खलल एंव हनन नपुरयाउन तथा  संचार माध्यमको स्वतन्त्रतामा हस्तक्षेप नगर्न समेत सबैमा अनुरोध गरेको छ । उंहाले आमहडतालका क्रममा संचारगृहहरुमा भएको आगजानी,संचारकर्मीमाथि भएको आक्रमण र अवरोधको भत्सर्ना समेत गर्नु भएको छ । 

Comments