पी सी एन
बर्दिया,७ भदौ। सरकारले वार्ताको लागि कुनै प्रयास नगरेको भन्दै थप दवाब दिन थरुहट∕ थारुवान संयुक्त संघर्ष समितिले आगामी भदौ १६गतेसम्म बन्द लम्ब्याएको जनाएको छ।
संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारुकल्याणकारीणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले आगामी १६ गते सम्म बन्द लम्ब्याइएको जानकारी दिए। हामीहरुले आन्दोलनलाई १६ गतेसम्म लम्ब्याउने निर्णय गरेका छौं, उनले भने, ’सरकारले वार्ताको कुनै प्रयास नगरेकाले थप दबाब आवश्यक भयो।’ आइतबार बसेको संघर्ष समितिको बैठकले थप दवावका लागि भन्दै बन्द लम्ब्याउने निर्णय गरेको उनले बताए।
थारु बाहूल्यता भएका नवलपरासीदेखि कञ्चनपुर सम्मका जिल्लालाई एउटै (थरुहट) प्रदेशमा राखिनुपर्ने भन्दै साउन २६गतेदेखि थरुहट आन्दोलन चलिरहेको छ। सात प्रदेशसहितको सीमांकनले थारुहरुलाई विभाजित गरेको भन्दै उनले आफूहरुको आन्दोलन थारुहरुको पहिचानका लागि भएको समेत बताए। बन्दको १३औं दिन सोमबार पनि यातायातका साधन ठप्प हुदा र बजारहरु नखुल्दा बर्दिया लगायत पश्चिम तराईको जनजीवन पुर्ण प्रभावित बनेको छ।
Comments
Post a Comment