त्रिभुवन सामुदायिक पुस्तकालयल ३बर्षे रणनैतिक योजना बनाउदै

क्षितिज पौडेल
बाँसगढी,२९साउन । आफनो ३बर्षे कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यका साथ्  त्रिभुवन सामुदायिक पुस्तकालयले  ३ दिने रणनैतिक योजना गोष्ठी कार्यक्रम बिहिबार देखि सुरु गरेको छ । रिड नेपाल र रोटाको आर्थिक तथा प्राबिधिक सहयोगमा बिहिबारबाट शुरु भएको गोष्ठी  शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा अधिकांश वक्ताले बर्दिया जिल्लाकै पहिलो र नेपालको सातौ सामुदायिक पुस्तकालयको रुपमा रहेको त्रिभुवन सामुदायिक पुस्तकालयले समुदायको विकासको लागि अग्रणी भूमिका खेल्दै आएकाले अझ प्रभावकारी रुपले काम गर्न ३ बर्षे योजना जरुरी रहेको बताए। 
कार्यक्रमको सहजीकरण रीड नेपालका  युवा कार्यक्रम विकास अधिकृत साजन थापा, दिगो आय आर्जन प्रर्वधन अधिकृत प्रकाश पोखरेल तथा फिल्ड कोर्डिनेटर एल बि भण्डारीले  गर्नु भएको थियो ।  रोटा तथा रिड नेपालको सहयोगमा त्रिभुवन सामुदायिक पुस्तकालयले बाँसगढी सामुदायिक पुस्तकालय तथा कालिकाको कालिका सामुदायिक पुस्तकालयमा सेटलाइट पुस्तकालयको स्थापनाका लागि भवन निर्माण कार्य जारि राखेको छ ।

Comments