प्रहरी कर्मचारीहरुको चुनौतिपूर्ण दायित्व निर्वाह गर्नका लागि प्रहरी परिवारका सदस्यहरुको सहयोगले उर्जा थपेको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको भनाई

पी सी एन
बर्दिया,४भदौ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी कर्मचारीहरुको चुनौतिपूर्ण दायित्व निर्वाह गर्नका लागि प्रहरी परिवारका सदस्यहरुको सहयोगले उर्जा थपेको बताउनु भएको
नेपाल प्रहरी श्रीमती संघको ३१ बार्षिकोत्वसको अवसरमा नेपाल पुलिस क्लवमा शुक्रवार आयोजित एक कार्यक्रममा उहाँले जनमानसमा प्रहरी पेशा मात्र नभई सेवा पनि हो भन्ने भावना विकास हुनुमा संघको महत्वपूर्ण भूमिका रहेको बताउँदै परम्परागत भन्दा पनि संस्थालाई नयाँ कार्यशैली, संरचना कार्यक्षेत्र विस्तारका साथ गम्भीर भएर अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो
प्रहरी परिवारहरुलाई एकिकृत गरी समाज सेवा गर्नुपर्ने दुरदुर्शी सोचलाई साकार पार्न निरन्तर रुपमा लागि परेकोमा उहाँले संघका पूर्व अध्यक्ष लगायत पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो उहाँले संघलाई निरन्तर रुपमा उल्लेखनीय सहयोग गर्नुहुने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र बितरण समेत गर्नुभयो
कार्यक्रममा संघका पूर्व संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाले श्रीमती संघसँग सहकार्य गरी विभिन्न समाजसेवा मूलक कार्यमा सहयोग पुरयाउने व्यक्तिहरु एवं संघका पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गर्दै प्रहरी परिवारबीच सद्भाव बढाई समाजमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले संघ स्थापना गरिएको बताउनुभयो
प्रहरी परिवारका दिदी बहिनीहरुले मिलेर रोपेको विरुवा फस्टयाउँदै जानुमा भावी संस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुको अथक प्रयासले सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरी अगाडी बढ्न संस्था सफल होस भन्ने कामना समेत व्यक्त गर्नुभयो
समारोहमा संघकी अध्यक्ष श्रीमती रोशी अर्यालले गत बैशाखमा गएको बिनाशकारी भूकम्प लगायत सामाजिक कार्यक्रमहरुमा सहयोग प्रदान गर्ने विभिन्न संघसंस्थाका लाई धन्यवाद ज्ञापन व्यक्त गर्दै आगामी दिनमा संघ सामाजिक क्रियाकलापमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो
गत २०७१ सालको एसएलसी परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रतर्फ विनय सापकोटा छात्रातर्फ उषा काफ्लेलाई १५ हजार रुपैयाँ नगद प्रमाण प्रदान गरिएको थियो साथै प्रहरी कार्यालय सहयोगीका सन्ततीहरुमध्ये मनुका आले, उषा काफ्ले, सुनिल सिटौला, केदार भट्ट, मुना थापा, पशुपति झाक्री समेत जनालाई ११ हजार रुपैयाँ प्रमाणपत्र प्रदान गरिएको थियो

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मीहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो

Comments