बर्दियामा भदौ ७ गतेसम्म आम हडताल कायम गर्ने थरुहट∕ थारुवान संर्घष समितिको निर्णय

पी सी एन्
बर्दिया भदौ सरकारले आफुहरुको मांग पुरा गर्न कुनै चासो नदेखाएको भन्दै  थरुहटथारुवान संर्घष समितिले आमहडतालको अवधि बढाएर भदौ गतेसम्म आम हडताल लगायतका संर्घषका कार्यक्रम जारि  राख्ने बताएको छ।
गुलरियामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थरुहटथारुवान संर्घष समितिका संयोजक गोविन्द थारु ,प्रवक्ता देवमान थारु गुलरिया नगर ईन्चार्ज बिरु चौधरीले थाारु आदिवासी उत्पीडित वर्गको चाहना हित बिपरीत गरिएको ६प्रदेशको सीमांकन खारेजी गरि नंया सीमाकंन नहुदासम्म आम हडताल लगायतका आन्दोलनका कार्यक्रम जारि रहने बताउनु भयो
थरुहटथारुवान संयुक्त संर्घष समितिले अबको आम हडताल अझ बढि सशक्त हुने बताउदै आम हडतालको क्रममा सरकारी कार्यालय तालाबन्दी ,घेराउ  ,धर्ना दिने,नाराजुलुश गर्ने लगायतका गतिविधि पनि संचालन हुने बतायो
आफुहरुको मांगप्रति सरकार सम्वेदनशील नबनेकोले आम हडतालको कार्यक्रम सशक्त प्रभावकारी बनाउनुको विकल्प नभएको उनीहरुको भनाई

साउन २६गतेबाट भएको आम हडतालका कारण बर्दियाको जनजीवन पुर्ण कष्टकर बन्दै गएको  बजार ,शिक्षण संस्था,कलकारखाना पुर्ण रुपमा बन्द  रहदा सर्वसाधरणहरुको दैनिकीमा प्रत्यक्ष असर परेको बन्दले गर्दा एम्बुलेन्स,प्रेस मानव अधिकार कर्मी,सुरक्षा निकाय ,बिरामीका सवारी साधनबाहेक अन्य सवारी साधन संचालनमा आएका छैनन।

Comments