पी सी एन
बर्दिया,१९साउन। संविधानमा धर्मनिरेपक्षता शब्द हटाई नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने मांग राख्दै आधा दर्जनभन्दा बढि हिन्दुवादी संगठनहरुले गरेको बर्दिया बन्दबाट जनजीवन प्रभावित भएको छ ।
बन्दका
कारण लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा नआउदा गन्तब्य तर्फ हिडेका यात्रुहरु मर्कामा परेका छन् । जिल्लाका बजार,शिक्षण संस्था ,कलकारखाना समेत बन्द रहेका छन् । बिहानभरी प्रहरीले स्र्कटिंग गरि केही रात्री बसहरुलाई गन्तब्य तर्फ पुरयाएको थियो ।
विश्व हिन्दु महासंघ,स्वधर्म संरक्षण संस्कृति अभियान,गायत्री संस्कार संरक्षण समिति,शिव सेना नेपाल,ब्राम्हण क्षेत्री समाज,सुदामा बृद्धाश्रम कालिका र नेवा गुठी कालिका लगायतका हिन्दुवादी संगठनहरुले सोमवार एक अपिल सार्वजनिक गरि मंगलबार बर्दिया जिल्ला बन्द र सभासद बहिष्कार गर्ने कार्यक्रम घोषणा गरेका थिए ।बन्द कार्यक्रमलाई सफल बनाउन
उनीहरुले सबैमा अपिल समेत गरेका थिए
।
संविधानबाट नै हिन्दु राज्य कायम गर्न दबाव दिने उदेश्यले आज सोमवार बर्दियाको गुलरियामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुका साथै उनीहरुले दवाब —याली समेत निकालेका थिए।
८२ प्रतिशत भन्दा बढि हिन्दु धर्मालम्वी भएको नेपाल वैदिक कालदेखि नै हिन्दु राष्ट्रको रुपमा रहदै आएको र संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा ९०प्रतिशत भन्दा बढि जनताले धर्म निरपक्ष शब्द हटाई हिन्दु धर्म लेखिनुपर्ने सुझाव दिएकाले पनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने उनीहरुको तर्क छ ।
मंगलबारको हिन्दुवादी संगठको बर्दिया जिल्ला बन्दलाई मध्यनजर राख्दै सोमवारदेखि नैे प्रहरीले आवश्यक सुरक्षा तयारी गरेको छ ।
Comments
Post a Comment