पी सी एन
बर्दिया,१८भदौ। चार दलले गरेको सीमाकंनको बिरोधमा
गत साउन २६गतेबाट लगातार आमहडताल गर्दे आएको थरुहट थारुवानका कार्यकर्ता र प्रहरी बीच बर्दियाको मैनापोखरमा आज बिहान भएको झडपमा परि एक प्रहरी हवलदारको मृत्यु भएको छ भने दुवै तर्फका केही घाईते भएका छन् । झडपमा परि घाईते प्रहरी हवलदार
देबबहादुर पाण्डेको नेपालगंज शिक्षण अस्पतालमा उपचारको
क्रममा
ज्यान गएको हो।
थारुवान थरुहट कार्यकर्ताको नियन्त्रणमा रहेको
बसलाई जिल्लाबाट गएको
प्रहरी टोलीले थरुहट थारुवान कार्यकर्ताको नियन्त्रणबाट मुक्त
गरि गुलरिया तर्फ स्र्कटिंग गरि ल्याएपछि सो झडप भएको हो ।
आन्दोलनकारीले रोकिराखेको यात्रुवाहक रात्रीबसलाई प्रहरीले सकुशल
उद्धार गरि गुलरिया तर्फ पठाएपछि रिसको झोकमा थरुहट थारुवान कार्यकर्ताहरुले प्रहार गरेको ढुंगामुढा लागि
ईलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत
प्रहरी हवल्दार पाण्डे घाईते भएको र उपचारका क्रममा निधन भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनु भयो ।
अहिले मैनापोखरको प्रहरीको नियन्त्रणमा आईसकेपनि स्थिति
भने संवेदनशील रहेको
सहायक प्रजिअ पौडेलले बताउनु भयो ।
उता थरुहट थारुवान संयुक्त संर्घष समितिका प्रवक्ता देवमान थारुले आफुले जानकारी अनुसार आन्दोलनकारीको ठूलो भीड देखेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र हवाई फायर गरेको प्रहरीकै हवाई फायरबाट प्रहरी हवल्दार पाण्डे घाईते हुनु भएको बताउनु भएको छ ।
घटनाको समिक्षा गर्न प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको अध्यक्षतामा जिल्लास्थित सुरक्षा
निकायको बैठक बसिरहेको छ ।
हिजैमात्र बन्दको अवज्ञा गरेको भन्दै थरुहट थारुवानका कार्यकर्ताहरुले बर्दियाको बांसगढीमा एक मोटरसाईकलमा आगजनी
गरिदिएपछि प्रहरीले ५जनालाई
नियन्त्रणमा लिएपछि थारुथारुवान संयुक्त संर्घष समितिले प्रहरी प्रशासनले दमन गरेको भन्दै आज बिहानदेखि आन्दोलन
सशक्त बनाएको थियो ।
घटना बारे समीक्षा गर्न र भोलिको कृष्ण जन्मअष्टमी पर्वलाई
लिएर आन्दोलन खुकुलो पार्ने लगायतका विषयमा छलफल गर्न थारुवान थरुहट संयुक्त संर्घष समितिको बैठक आज दिउसो बस्ने प्रवक्ता चौधरीले
बताए । उहाले आफुहरुको आन्दोलन
जारि रहेको बताउनु भयो।
Comments
Post a Comment