Skip to main content
बर्दियामा मधेशी मोचाले आम हडताललाई निरन्तरता दियो
पी सी एन
बर्दिया,ं१असोज । मधेशले उठाएको मुद्दाहरुमाथि सरकार गंभीर नभएको र बहुमतको आडमा सेना र बन्दुकको बलमा संविधान जारि गर्न थालिएको भन्दै सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बर्दियाले आम हडताललाई निरन्तरता दिने जनाएको छ । मोर्चाले आज शुक्रबारबाट आम हडतालको कार्यक्रमलाई अझ सशक्त बनाउने समेत जनाएको छ।
मोर्चाका तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टीका संयोजक कृतिनाथ यादव,सदभावना पार्टीका अध्यक्ष धनेशकुमार यादव र संघीय समाजवादी पार्टीका अध्यक्ष तोफा यादवले शुक्रवार सयुक्त विज्ञप्ती प्रकाशित गरि आम हडताललाई निरन्तरता दिने बताउनु भएको छ ।
मोर्चाले बिज्ञप्ती मार्फत संविधान घोषणा हुने दिन अर्थात असोज ३गतेलाई कालो दिवसको रुपमा मनाउने ,असोज ४गते जिल्लाका मुख्य मुख्य चोकमा संविधानलाई दहन गर्ने जनाएको छ ।
मोर्चाले आम हडताल,कालो दिवस मनाउने र संविधान दहन गर्ने कार्यक्रमलाई सहयोग पुरयाउन उद्योगी,ब्यापारी,यातायात व्यवसायी र आम जनसमुदायमा अनुरोध समेत गरेको छ ।
Comments
Post a Comment