संविधान घोषणाको पुर्व सन्ध्यामा बर्दियामा दीपावली र मशाल जुलुस सम्पन्न

पी सी एन
बर्दिया,२असोज। संविधान घोषणा हुने पुर्व सन्ध्यामा बर्दियाका बिभिन्न स्थानमा संविधानको स्वागत गर्दे दिपावली संविधानको विरोध गर्दे मशाल जुलसु निकालिएको
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित राष्ट्रपति डा. रामवरण यादवले आईतवार विशेष सम्बोधन मार्फत  जारि एंव घोषणा गर्न लाग्नु भएको नेपालको संविधानको स्वागत एंव सर्मथनमा नेपाल बिद्यार्थी संघ बर्दियाले शनिवार राधाकृष्ण चोकमा दिप प्रजवलन गरेको ।नेवि संघ बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा भएको दीप प्रजवलन कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सचिव बिद्याप्रसाद खनाल,महासमिति सदस्य मालती सोडारी,सहसचिव सुरेशराज योगी,जिल्ला सदस्य खडानन्द तिवारी लगायतको सहभागिता थियो
उता आईतवार जारि हुने नेपालको संविधानमा सीमाकंन मौलिक हक लगायतका धाराहरुको बिरोध गर्दे थरुहट थारुवान संयुक्त संर्घष समिति सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बर्दियाले जिल्लाका बिभिन्न स्थानमा मशाल जुलुस निकालेका छन्

थरुहट थारुवान संयुक्त संर्घष समितिका जिल्ला संयोजक गोविन्द थारुको नेतृत्वमा थरुहट थारुवान संयुक्त संर्घष समितिले कर्मचारी मिलन केन्द्र चोकमा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक कीर्तिनाथ यादवको नेतृत्वमा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यामलाल चोकमा मशाल जुलुश निकालेका थिए।

Comments