बर्दियामा नंया संविधानको बिरोध बढी,सर्मथन कम

पी सी एन
बर्दिया,४असोज। आईतबार जारि भएको नेपालको संविधान २०७२को  बर्दियामा बिरोध बढि सर्मथन कम देखिएको बर्दियाको सदरमुकाम   बजार क्षेत्रमा संविधानको स्वागतमा दीप प्रजवलन ,विजय जुलुश भएपनि ग्रामिण क्षेत्रमा भने संविधानको बिरोधमा घर घरमा कालोझण्डा राख्ने,कालोझण्डा प्रर्दशन,ब्लेक आउट ,बिरोध सभा विरोध सभा एंव जुलुस प्रर्दशन भएका छन्
संविधानको सर्मथनमा बर्दिया नागरिक समाज संजाल राधाकृष्ण थारु जनसेवा केन्द्र,नेपाली कांग्रेस,एमाले एकीकृत माओवादीका कार्यकर्ताहरुले गुलरिया ,सानोश्री,बांसगढी बजारमा दीप प्रजवलन गरेका छन्।

आईतवार जारि संविधानले थारु,आदिवासी,मधेशी मुस्लिमका समस्याहरु सम्बोधन गर्न नसकेको भन्दै बर्दियाका धेरैजसो स्थानमा संविधानको बिरोध गर्दे घरघरमा  कालो झण्डा राख्नुका साथै सर्वसाधरणहरुले कालो झण्डा लिएर बिरोध प्रर्दशन गरेको अधिकारीहरुले बताएका छन्

Comments