पांच दिनका लागि बर्दियामा आम हडतालको कार्यक्रम फिर्ता, २६दिनपछि शिक्षण संस्था,बजार र यातायातका साधन पुर्ण रुपमा खुल्दै,जनजीवन सामान्य बन्दै

पी सी एन
बर्दिया,२२भदौ । लामो समयदेखिको बन्दले जनजीवनमा परेको असरलाई ध्यानमा राख्दै र जनभावनाको कदर गर्दे थरुहट थारुवान सयुक्त सर्घष समितिले भदौ २२देखि २६गतेसम्म बर्दियामा आम हडतालको कार्यक्रम फिर्ता लिएको छ । पांचदिनका लागि आम हडतालको कार्यक्रम फिर्ता लिएपछि २६दिनपछि बर्दियाको जनजीवन सामान्य बनेको छ । सर्वसाधरण र व्यवसायीहरुले राहत महसुस गरेका छन् । बजार शिक्षण ,संस्था र यातायातका साधन पुर्ण रप्मा संचालनका आएका छन् ।
संर्घष समितिका संयोजक गोविन्दप्रसाद थारुले सोमवार  आयोजित पत्रकार सम्मेलनमा एक प्रेस बिज्ञप्ती प्रेषित गरि भदौ २२देखि २६गतेसम्म शिक्षण संस्था,बजार र चारपांग्रे तथा दुई पांग्रे सम्पुर्ण सार्वजनिक ,निजी तथा सरकारी  यातायात खुल्ला गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
उंहाले आम हडताल बाहेक केन्द्रबाट घोषित अन्य कार्यक्रम भने जारि रहने बताउनु भयो। साथै भदौ २७ गतेबाट आम हडताललाई भने निरन्तरता दिईने छ । 
पांच दिनका लागि आम हडतालको कार्यक्रम फिर्ता लिएपनि सरकार र राजनैतिक दलहरुले आफुहरुको मांग उपर कुनै सुनुवाई नगरेकाले आन्दोलनलाई भने निरन्तरता दिईएको बताउनु भयो ।यस दौरानमा ग्रामीण क्षेत्रमा जनपरिचालन,धर्ना,जुलुस र कोण सभा लगायतका कार्यक्रम भने जारि रहने संर्घष समितिले जनाएको छ ।
तीज,पञ्चमी र अतवारी पर्वमा पनि आम हडताल नगर्ने थरुहट थारुवान संर्घष समिति बर्दियाले जनाएको छ ।

Comments