संविधानको स्वागत तथा बिरोधमा बिभिन्न कार्यक्रम , नंया संविधान पनि जलाईयो

पी सी एन
बर्दिया,४असोज। नेपालको संविधान २०७२को स्वागत तथा बिरोधमा  बर्दियामा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको
नेपाली कांग्रेस,ने पा एमाले एकीकृत माओवादी यस संग सम्बद्ध संघ संस्थाहरुले संविधानको स्वागत गर्दे सदरमुकाम गुलरिया झाकी,विजय जुलसु सभा गरेका छन् भने मधेशी थरुहट थारुवान संयुक्त संर्घष समितिको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा कालोपट्टी बाधी संविधानको बिरोधमा सभा तथा संविधान जलाउने कार्य गरिएको छ।
तीन दलको बिजय सभाला सभासद संजय गौतम,ने पा एमाले बर्दियाका अध्यक्ष हरि ज्ञवाली एकीकृत माओवादीका जिल्ला अध्यक्ष तिलक शर्मा हिमालले सम्बोधन गर्नुभएको थियो।
थरुहट थारुवान संयुक्त संर्घष समितिले बर्दियाको गुलरिया,राजापुर बांसगढीमा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गुलरियामा नेपालको संविधान २०७२जलाएका छन्। थरुहट थारुवान आफनो असहमति रहेको संविधानको केही धारा जलाएको भने सयुक्त मधेशी मोर्चाले संविधानको पुरै धारा जलाएको हो।
दुबै मोर्चाले आज बर्दियाको गुलरिया ,राजापुर बांसगढीमा बिरोध सभा गरेर टायर बालेर समेत संविधानको बिरोध गरेका छन् गुलरियामा सम्पन्न सभालाई थरुहट थारुवान संयुक्त संर्घष समितीका संयोजक गोविन्द थारु,सयुक्त मधेशी मोर्चाका संयोजक कीर्तिनाथ यादव ,संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष तोफा यादव ,केन्द्रिय सदस्य कृष्ण यादव,सभासद काशीम सिद्धीकी ,पुर्व सभासद बिष्णु थारु लगायतले सम्बोधन गर्नुभएको थियो

दुबै मोर्चाले कंचनपुरदेखि चितवनसम्म अवध थरुहट प्रदेशको मांग अघि सारेका छन् उनीहरुले सोमवारदेखि थरुहट थारुवान मधेशी मोर्चाबीच कार्यगत एकता गर्दे आम हडताललाई अझै सशक्त बनाउने निर्णय गरेको थरुहट थारुवान संयुक्त संर्घष समितिका प्रवक्ता देवमान थारुले बताए।

Comments