पी सी एन
बर्दिया,२० भदौ । थरुहट थारुवान संयुक्त संर्घष समिति बर्दियाका प्रवक्ता देवमान थारुले कांग्रेस ,एमाले र एकीकृत माओवादीको शीर्ष नेतृत्व र उनीहरुकै ईशारामा चलेको बर्तमान सरकारले
थारु आदिवासी जनजातिको मांग पुरा गराउनु भन्दा वर्तमान आन्दोलनलाई दमन गर्ने नीति बनाएकोले आफुहरुको आन्दोलन अझ सशक्त ,प्रभावकारी एंव जनप्रिय बनाउने बताउनु भएको छ ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा प्रवक्ता थारुले अन्तरिम संविधान ,चारदल बीचको १६बुंदे सहमति र ६२÷६३को जनआन्दोलनको मर्म
विपरीत ३दलका शीर्ष नेतृत्वले आफनो
ब्यक्तिगत स्वार्थबाट प्रेरित
भएर दुई तिहाई बहुमतबाट जर्बजस्त रुपमा संविधान जारि गर्न लागि परेकोले आफुहरुले त्यसलाई नमान्ने बरु आगामी दिनमा आन्दोलन अझै सशक्त बनाउन लागेको प्रष्ट पार्नुभयो ।
धर्म निरपेक्षतालाई नंया संविधानमा यथावत राख्ने,थारु ,मधेशी र जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न आयोग बनाउने
निर्णय सहित सात प्रदेशको सीमाकंनमा सामान्य परिमार्जन गर्दे
कांग्रेस ,एमाले र एमाओवादीले नंया
संविधानको बिधयेकमा साझा
संशोधन प्रस्ताव दर्ता
गराए पनि सो संशोधनले थारु,मधेशी र जनजाति लगायतको असन्तुष्टिलाई सम्बोधन नहुने उंहाको भनाई थियो ।अब
हामीहरुले आन्दोलनलाई निरन्तरता दिदै आन्दोलन अझ सशक्त बनाउनुको विकल्प छैन ः प्रवक्ता थारुले भन्नुभयो ।
आफुहरुको आन्दोलन जातीय आन्दोलन नभएको प्रष्ट पार्दे थरुहट थारुवान सयुक्त संर्घष समितिका प्रवक्ता देवमान थारुले कंचनपुर,कैलाली,बर्दिया,बांके ,दांग ,कपिलवस्तु,रुपेन्देही र चितवन उपत्यका भुगोलको हिसाबले थरुहट भुमि भएकोले यी जिल्लाहरु मिलाएर एक प्रदेश नबनाउदासम्म आफुहरुको आन्दोलन
जारि रहने प्रष्ट पार्दे आन्दोलनलाई सफलतामा पुराउन बर्दियावासी सम्पुर्ण दाजुभाई दिदीबहीनहीनीहरुमा अपिल समेत गर्नुभएको छ । उंहाले आफुहरुको आन्दोलन
जातीय राज्यका लागि नभई बर्षोदेखि राज्यको पंहुचबाट टाढा बनाईका वर्गहरुलाई समानुपातिक एंव समावेशी अर्थात जनसंख्याको आधारमा
राज्य सतmामा पंहुच स्थापना गर्नका लागि भएको जिकीर गर्नुभयो ।
राजनैतिक दलको पछिल्लो निर्णयले देशमा
मुठभेडको स्थिती सृजना भएको भन्दै आन्दोलनबाट उत्पन्न
हुने सम्पुर्ण असहज
स्थितिको दोष सरकार र ३दलले लिनुपर्ने उंहाको
धारणा छ ।
Comments
Post a Comment