शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मैनापोखरमा महिलाहरुद्धारा बिरोध प्रर्दशन

पी सी एन
बर्दिया,१९भदौ। शान्तिपुर्ण आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमन रोक्नु पर्ने ,पक्राउ परेका थरुहट कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्नुपर्ने मांग राखि बर्दियाको मैनापोखरमा महिलाहरुले बिरोध जुलुस एंव प्रर्दशन गरेका छन्।
संयौको संख्यामा स्थानीय मैनापोखर गांउबाट निस्कीएको महिलाहरुको जुलुसले गुलरिया नेपालगंज सडकखण्डको पश्चिमबाट शुरु भई मैनापोखर बजारको परिक्रमा गरि पुर्व चपला नालामा पुगि कोणसभा सम्पन्न गरेको छ ।
जुलुसमा सहभागी महिलाहरुले पक्राउ परेका थरुहट कार्यकर्ताको रिहाई र गृहमन्त्री बामदेव गौतम तथा प्रहरी प्रमुखको राजीनामा समेत मांग गरेका छन् । शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा मांग गरेका हुन।
उनीहरुको चारदलले गरेको ७ प्रदेशको सीमांकनमा परिमार्जन गरि कैलाली देखि नवलपरासीसम्म अर्को प्रदेश बनाउनु पर्ने पनि बताए ।
थरुहट थारुवान संर्घष समितिका संयोजक गोविन्दप्रसाद थारुले आदिवासी जनजाति थारु समुदायलाई प्रहरी प्रशासनले अनावश्यक धरपकड , खान तलाशी  र पक्राउ गर्ने कार्य गरेर शान्तिपुर्ण आन्दोलनलार्य दमन गर्न खोजेको आरोप लगाउदै शुक्रबार मैनापोखरमा भएकोे झडपको विषयलाई लिएर पक्राउ गरिएको आफना नेता तथा कार्यकर्ता बिना शर्त रिहाई हुनपर्ने बताउनु भयो ।
 मैनापोखरमा भएको घटनामा संलग्न भएको आंशकामा शुक्रबार पक्राउ परेका ३जनालाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान एंव सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनु भयो ।  रामनरेश चौधरी,अविनाश थारु र रामहर्ष चौधरीलाई हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।
चार दलले गरेको सीमाकंनको बिरोधमा गत साउन २६गतेबाट लगातार आमहडताल गर्दे आएको थरुहट थारुवानका कार्यकर्ता र प्रहरी बीच बर्दियाको मैनापोखरमा शुक्रबार बिहान भएको झडपमा परि घाईते प्रहरी हवलदार  देबबहादुर पाण्डेको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा  ज्यान गएको थियो। सोही बिषयलाई लिएर प्रहरीले ७जना थरुहट कार्यकर्तालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
बजार र मोटरसाईकल खुला,सर्वसाधरणलाई राहत
गत साउन २६गतदेखिको आमहडतालका कारण प्रभावित बनेको बर्दियामा आज भने बजारहरु पुर्ण रुपमा खुलेका छन् भने मोटरसाईकल पनि संचालनमा आएका छन् । 
कृष्णजन्अष्टमीलाई मध्यनजर राख्दै शनिवार र आईतबारका लागि  थरुहट थारुवान संर्घष समितिले आन्दोलन खुकुलो पारेपछि बजार खुलेकाले स्थानीय ब्यपारी र सर्वसाधरणहरुले राहत महसुस गरेका छन् ।

Comments