पी सी एन
बर्दिया,६असोज। मजदुर तथा व्यवसायी सम्मिलित प्रतिकार दस्ताको आड र प्रहरीको स्र्कटिंगमा कृष्णसार यातायात व्यवसायी संघले बन्दको अवज्ञा गर्दे मंगलबारदेखि गुलरिया नेपालगंज सडकखण्डमा सार्वजनिक यातायातका साधन संचालनमा ल्याएको छ ।
३९दिनदेखिको लगतारको बन्दले रोजीरोटीमा समस्या परेपछि व्यावसायीहरुले बाध्य भएर बन्दको अवज्ञा गर्ने निर्णय गरेको बताएका छन् ।
३९दिनदेखिको लगातारको बन्दले गाडि संचालन गर्न नपाउदा आर्थिक रुपले आफुहरुको बिचल्ली भएकोले बाध्य भएर बन्दको अवज्ञा गर्दे गाडि संचालनमा ल्याएको समितिका अध्यक्ष शम्भुप्रसाद रिजालले बताउनु भयो । उंहाले बन्दको अवज्ञा गर्दे संचालन गरिएका यातायातका साधनहरुमा तोडफोड गर्न खोज्ने आन्दोलनकारीहरुको बिरुद्ध प्रतिकार गर्न आफुहरुले मजदुर ब्यवसायी सम्मिलित प्रतिकार दस्ताले सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिनुभएको छ । साथै तोडफोड गर्नेलाई प्रशासनबाट समेत आवश्यक कारवाही गराउनु बताउनु भयो ।
बर्दियाका प्रहरी प्रमुख गोविन्दराम परियारले सुरक्षाको लागि स्र्कटिंग चाहने यातायातका साधनलाई प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटाई नियमित स्र्कर्टिगको व्यवस्था मिलाईएको बताउनु भएको छ ।
आफना पेशागत संघ संस्थाको आवहानमा बर्दियामा केही समयअघि देखि नै शिक्षण संस्था,पसल र कलकारखानाहरुले भने बन्दको अवज्ञा गर्दे आईरहेका थिए ।
Comments
Post a Comment