पी सी एन
बर्दिया,३असोज।जिल्ला प्रशासन कार्यालय बर्दियाले गत भाद्र ८ गते देखि जिल्ला सदरमुकाम गुलरिया र राजापुर नगरपालिकाको केही क्षेत्रमा लगाउदै आएको निषेधित क्षेत्र आज आईतबार बिहानबाट हटाएको छ ।
नेपालको संविधान २०७२को स्वागतमा हुने कार्यक्रमलाई मध्यनजर राख्दै निषेधित क्षेत्र हटाईएको हो ।
सर्वसाधारणको जीउधनको सुरक्षाका साथै शान्ति, सु–व्यवस्था र सार्वजनिक अमन चयन, सहिष्णुता, पारस्पारिक सद्भाव र भाईचारा कायम राख्न अति आवश्यक भन्दै प्रशासनले सदरमुकाम गुलरिया र राजापुर नगरपालिकाका केही स्थानलाई निषेधीत क्षेत्र तोकेको थियो।
Comments
Post a Comment