पी सी एन
बर्दिया,३०असोज । बर्दियाको बेलवा
कोठियाघाट सडकखण्ड अन्र्तगत ओरालीबजार नजिकैको
जंगलमा पाटेबाघको आतंकबाट
सो सडक खण्डमा पैदल,साईकल र मोटरसाईकलमा सवार हुने यात्रुहरुमा डर त्रास छाएको छ।
विगत केही दिनदेखि ४वटा पाटेबाघ सो क्षेत्रमा देखिएको र सडकमा हिडने पैदल यात्रीहरुलाई झम्टिने गरेको स्थानीय किरण योगीले बताउनु भयो।
पाटेबाघले शनिवार बिहानै ढोढरी ६ मौवाका कृष्ण चौधरीको घरमा बाधी राखेका दुईवटा बाख्रा खाईदिएको छ ।
समयमै बाघलाई नियन्त्रणमा लिई उचित व्यवस्थापन नगरे
त्यसबाट मानवीय क्षति पनि हुन सक्ने देखिन्छ ।
पाटेबाघको आंतकबारे जिल्ला
वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जलाई जानकारी गराईए पनि हालसम्म पाटेबाघको उचित व्यवस्थापनका लागि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पीडितहरुले गुनासो
गरेका छन्।
Comments
Post a Comment