मुक्त कमैया ,विपन्न परिवार महिला आय आर्जन तथा शैक्षिक अभिबृद्धि कार्यक्रम सम्बन्धि जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न


पी सी एन
बर्दिया,२०कार्तिक मेरिक्नोल प्रोजेक्ट नेपालको सहयोग तथा मुतm कमैया उत्थान मञ्च बर्दियाको आयोजनामा  मुक्त कमैया ,विपन्न परिवार महिला आय आर्जन तथा शैक्षिक अभिबृद्धि कार्यक्रम सम्बन्धि जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम बर्दियाको गुलरियामा शुक्रबार सम्पन्न भएको
परियोजना बारे जानकारी गराउदै मुतm कमैया उत्थान मञ्चका वरिष्ठ सल्लाहकार अरुण प्रकाशसिंह राठौरले राजापुर क्षेत्रका मुतm कमैया विपन्न परिवारका महिलाहरुलाई शैक्षिक आर्थिक सहयोग गरि उनीहरुको सामाजिक आर्थिक अवस्थामा सुधार गर्ने उदेश्ययले कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो विगत तीन बर्षदेखि त्यस क्षेत्रमा कार्य गरिरहेको संस्थाले यस बर्ष बर्ष विपन्न मुतm कमैया गरि ८०जना महिलालाई भेडा बाख्रा बितरण गर्ने १४०जना बिपन्न मुक्त कमैया बिद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने
मुतm कमैया उत्थान मञ्चका उपाध्यक्ष सन्तराम थारुको अध्यक्षता तथा सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,जिविसका स्थानीय शासन बिज्ञ पार्वती भण्डारी,भूमिसुधार कार्यालयका प्रतिनिधि ध्रुव लम्साल लगायत जिल्ला स्थित सरोकारवाला निकायहरुले कार्यक्रमले विगत बर्षमा पुरयाएको योगदानको चर्चा गर्दे आगामी दिनमा अझ प्रभावकारी रुपले काम गर्ने विश्वास ब्यतm गरेका छन्।

मञ्चका उपाध्यक्ष सन्तराम थारुको अध्यक्षता तथा सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो

Comments