मुलुकमा देखिएको राजनीतिक गतिरोध तथा सीमा नाकामा भईरहेको अवरोध तत्काल अन्त्य गर्न सरकार र सम्बद्ध पक्षलाई प्रेस क्लब अफ नेपाल पीसीएन्को आग्रह
पी सी एन्
बर्दिया,१२पौष। प्रेस क्लब अफ नेपालले संविधान संशोधन मार्फत मधेशी थारु र तराईवाशी मांग सम्बोधन गरि मुलुकमा देखिएको राजनीतिक गतिरोध तथा सीमा नाकामा भईरहेको अवरोध तत्काल अन्त्य गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
प्रेस क्लब अफ नेपाल पी सी एन्को बर्दियाको बोकटियामा शनिवार सम्पन्न वार्षिक साधरण सभा तथा अधिवेशनले आन्दोलनरत मधेशवादी दल र थरुहटसँग तत्काल निर्णायक वार्ता गरि सींमाकनमा हेरफेर गरि जन–जीवन सामान्य बनाउन र संविधान संशोधन मार्फत असन्तुष्ट दलहरुको मांग सम्बोधन गरि लामो समयदेखिको राजनैतिक अवरोध अन्त्य गर्न सरकारसँग माग गरेको हो ।
प्रेस क्लब अफ नेपाल पी सी एन्का अध्यक्ष यमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले भारतसंग सीमा जोडिएको ब्यापारिक नाकामा भैरहेको पारवाहन एंव ब्यापारिक अवरोधले औषधी, इन्धन लगायत अत्यावश्यकीय सामानहरुको आपूर्तिमा बाधा पर्न गई नेपाली जनताको जीवन यापनमा कठिनाई उत्पन्न हुनका साथै नेपालको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको छ र मुलुकको विकास निर्माणका कार्यहरु पुरै अवरुद्ध भएकाले देश र जनताको हीतलाई मध्यनजर राख्दै तत्काल वार्ता संवाद र सहमतिबाट उचित राजनैतिक निकास खाज्न सबैमा आग्रह गरेको हो ।
संविधान जारि हुनु अघि र संविधान जारि भएपछिको राजनैतिक गतिरोध र आन्दोलनले संचार ,गृह, अस्पताल लगायतका अति संवेदनशील निकायहरुमा प्रतिकूल असर परिरहेको भन्दै प्रेस क्लब अफ नेपाल पी सी एन्ले तत्काल वार्ता र समाधानद्धारा राजनैतिक गतिरोध र भारतसंगको असमझदारी अन्त्य गर्न सरकार,विपक्षी दल र आन्दोलनरत मधेशवादी दल र थरुहटलाई आग्रह गरेको प्रेस क्लब अफ नेपाल पी सी एन ले जनाएको छ ।
सभाले मधेश र थरुहट आन्दोलनका नाममा संचार र संचार गृहमाथि भईरहेको दुव्र्यवहार,ज्यादती,आक्रमणको निन्दा गर्दे जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको उच्च सम्मान गर्न सबैमा अनुरोध गरेको छ।
प्रेस क्लब अफ नेपाल पी सी एन् अध्यक्ष यमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न सभा एंव अधिवेशनले बोकटिया लगायत बर्दियाका पछाडि पारिएका ग्रामीण क्षेत्रको सामाजिक ,आर्थिक र पर्यटकीय विकासका लागि विशेष कार्यक्रम तत्काल लागु गर्न सरकार,स्थानीय निकाय र संघसंस्थाहरुलाई आग्रह गरेको छ ।
Comments
Post a Comment