पी सी एन
बर्दिया,१७पौष। नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारी संचारमाध्यममा कार्यरत संचारकर्मीहरुलाई आस्थाका आधारमा निष्कासन नर्गन सरकारलाई अनुरोध गर्नुभएको छ ।
प्रेस युनियन रबर्दियाले गुलरियामा गरेको आयोजना गरेको बैठकलाई सम्बोधन गर्दे अध्यक्ष सिग्देलले आस्थाका आधारमा पत्रकार निष्कासन गरेर सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रता र श्रम कानुनको धज्जी उडाएको बताउनु भयो ।
उंहाले सरकारी संचार माध्यममा काम गर्ने संचारकर्मीहरुलाई निष्कासन गर्ने काम नरोके प्रेस युनियनले श्रमजीवी पत्रकारहरुको हक हितको संरक्षणका लागि प्रेस युनियनले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो।
एक प्रंसगमा उंहाले पत्रकारको व्यवसायगत,भौतिक एंव पेशागत सुरक्षामा सरकारी र निजी संचार गृहहरुले भनेजति काम गर्न नसकेको प्रष्ट पार्दे पत्रकारको व्यवसायगत,भौतिक र पेशागत सुरक्षा र पहिचानका लागि युनियनले विशेष अभियान संचालन गर्ने दावि गर्नुभयो ।
उंहाले श्रमजीवी पत्रकार ऐन बमोजिम नियुक्ती पत्रमा उल्लेख भए अनुसार पारिश्रमिक र सेवा सुविधा प्रदान गरि श्रमजीवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्न सरकारी र निजी संचारमाध्यमहरुलाई आग्रह समेत गर्नुभयो ।
प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियनका निर्वतमान उपाध्यक्ष युवराज श्रेष्ठ,केन्द्रिय पार्षदहरु कृष्णप्रसाद बस्याल,यमनाथ घिमिरे,सन्तोष पौडेल,दिपक पौडेल लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।
Comments
Post a Comment