पत्रकार प्रदिप खडगीले निर्माण गरेको ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मीको च्यारेटी सो प्रर्दशन

पी सी एन्
काठमाण्डौ,२माघ। नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको कीर्तिपुर विजय यात्रालाई समेटेर बनाईएको ऐतिहासिक चलचित्र कीर्तिपुर लिजेण्ड अफ कीर्तिलक्ष्मीको काठमाण्डौको जावलाखेल स्टाफ कलेजमा शनिवार दोस्रो च्यारिटी शो प्रर्दशन गरिएको छ। स्वर्गीय उपन्यासकार वासु पासाको भैरवसिंह उपन्यासमा आधारित रहि निर्माण गरिएको चलचित्र आम नेपालीका गौरवको विषय बन्न सक्छ। राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण  शाहको नेपाल एकीकरण अभियानलाई चलचित्रको माध्यमबाट आम जनतालाई प्रष्ट पारि राष्ट्रियताको भावना अभिबृद्धी गर्न चलचित्र सफल हुने देखिन्छ
ताम्राकार समाजले आयोजना गरेको सो च्यारिटी शो सयौं दशर्कहरुले हेरेका छन्
बीरेन्द्र ताम्राकार ,प्रेम खड्गीले ,अनन्त श्रेष्ठले निर्माण गरेको सो चलचित्र आम नेपालीले हेर्नेपर्ने चलचित्र हो पत्रकार प्रदिप खड्गीले निर्देशन एंव संवाद दिनु भएको चलचित्र नेपालकै एक उत्कृष्ट ऐतिहासिक चलचित्र बन्ने विश्वास लिईएको
पृथ्वी नाराणयण शाहको नेपाल एकीकरकणको महत्वपुर्ण पाटोको रुपमा रहेको कीर्तिपुर विजय अभियान बारे  चलचित्रमा जीवन्त हेर्न पाईएको पुर्ण वलीले बताउनु भयो
ईतिहासको कालखण्डमा नेपाल एकीकरणको दौरानमा गोर्खाली कीर्तिपुरे बीचको युद्धका महत्वपुर्ण पात्र कालु पाण्डे,सुरप्रताप सिंहले खेलेको भुमिकाको बारेमा पनि प्रष्ट चलचिले प्रष्ट पारेको छ।

गोर्खालीसंगको युद्धमा कीर्तिपुर राज्यका तर्फकाट महत्वपुर्ण योगदान दिएर पनि ओझेलमा परेकी पात्र कीर्तिलक्ष्मीको योगदानका बारेमा चलचित्र हेरर मात्र थाहा हुने निर्देशक खड्गीले जानकारी दिनुभयो नेपालका बिभिन्न ठांउर  विदेशमा  च्यारेटी शो गरेपछि मात्र आम दर्शकहरुका लागि चलचित्र प्रर्दशनमा ल्याईने पी सी एनको सहकार्यमा पश्चिम नेपालमा पनि सो चलचित्रको च्यारिटी शो छिट्टै संचालन हुने भएको

Comments