पी सी एन
बर्दिया ३माघ। बर्दिया राष्ट्रिय निकुञ्मा माघ ३गते आईतबारदेखि क्यामरा ट्रापिङ्ग प्रबिधिबाट बाघ अनुगमन कार्य शुरु भएको छ । नेपाल सरकार,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग,डब्लु डब्लु एफ नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्तरुपमा बाघ अनुगमन कार्य शुरु गरेका हुन।
बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग र आसपासका क्षेत्रमा क्यामरा ट्रापिङ्ग प्रविधिबाट बाघ अनुगमन कार्य शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो । बाघ अनुगमनका लागि आवश्यक पर्ने क्यामरा ,अन्य उपकरण र फिल्ड सामाग्री राष्ट्रिय प्रकृति संरक्षण कोषबर्दिया संरक्षण कार्यक्रमबाट ब्यवस्थापन गरिएको छ । बाघ अनुगमनको जिम्मा लिने र फिल्डमा खटिने कर्मचारी तथा प्राविधिकलाई पौष २५ र २६ गते ठाकुरद्वारामा आधारभूत तालिम दिईएको थियो । सन २०१३को गणनामा बर्दियामा बाघको संख्या ५०रहेको थियो।
Comments
Post a Comment