पी सी एन
बर्दिया,८माघ। कृषि मुलश्च जीवनमा भन्ने मुल नाराका साथ बर्दियाको विकट मानिने राजापुर ४ बालाबजारमा बिहीबारदेखि जिल्ला स्तरीय कृषि मेला तथा प्रर्दशनी शुरु भएको छ ।
जिल्ला स्तरीय कृषि समन्वय समितमा आबद्ध संस्थाहरुको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय बर्दियाको आयोजनामा सो कृषि मेला प्रर्दशनी आयोजना गरिएको हो। प्रर्दशनीको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले एक समारोहका बीच उद्घाटन गर्नुभयो। स्थानीय कृषकहरुलाई बजारमुखी उत्पादन गर्ने तरिका र उपयुक्त प्रविधिबारे जानकारी गराउन तथा भौगोलिक दुरीका कारण टाढा रहेका किसानहरुलाई कार्यालयसंग पहुच बढाउन मेलाको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख परशुराम रावतले बताउनु भयो ।
माघ ९गते आईतवार सम्म चल्ने महोत्सवमा सहभागी उत्कृष्ट स्टलहरुलाई बिभिन्न १५बिद्यामा पुरस्कार तथा प्रमाण बितरण समेत गरिने कार्यालयले जनाएको छ । प्रर्दशनीको उद्घाटन गर्दे बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले प्रर्दशनीमा आर्कषक वस्तुहरु राखेर किसानहरुले सम्मानजनक कार्य गरेको बताउनुभयो ।
उद्घाटन कार्यक्रमलाई जिल्ला स्तरीय कृषक समन्वय समितिका अध्यक्ष मुक्ती पौडेल, उधोग बाणिज्य संघका अध्यक्ष गोविन्द रिजाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रर्दशनी संचालनको लागि राजापुर नगरपालिकाले २५हजार,पाताभार गाविसले १५हजार,खैरि गाविसले १०हजार,मनाउ र गोला गाविस ५∕५हजार,बर्दिया उद्योग बाणिज्य संघले ३हजार,बालाबजार व्यवस्थापन समितिले २०हजार,असल छिमेकी ,प्लान नेपाल , किसान परियोजना र कारितासले १५∕१५ हजार,सुआहार कार्यक्रमले १०हजार,दलित महिला उत्थान संघले ५हजार र घरबगैचाले ५हजार रुपिया सहयोग गरिरहेका छन् ।
Comments
Post a Comment