आम पत्रकारहरुको अगुवाको रुपमा आफुलाई चिनाउन युनियन सम्बद्ध पत्रकारहरुलाई कंग्रेस सहमहामन्त्री खड्काको निर्देशन

पी सी एन
बर्दिया,९माघ। पुर्व गृहमन्त्री एंव नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद पुर्णबहादुर खड्काले आम पत्रकारहरुको अगुवाको रुपमा आफुलाई चिनाउन युनियन सम्बद्ध पत्रकारहरुलाई निर्देशन दिनु भएको छ।
नेपाल प्रेस युनियन बर्दियाको वार्षिक साधारण सभाको शुक्रबार गुलरियामा उद्घाटन गर्दे प्रमुख अतिथि खडकाले प्रेस युनियनल सम्बद्ध पत्रकारहरुको बोलाई,लेखाई, कार्यशैली एंव आचरण हर हमेशा जनताको पक्षमा हुनुपर्ने जिकीर गर्नुभयो
सबै पत्रकारलाई नेतृत्व गर्ने राष्ट्रियता,लोकतन्त्र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउने जनतालाई दुख पर्दा सहयोग गर्ने जनताले प्रशंसा गर्ने अरु भन्दा फरक किसिमको कार्यशैली नै प्रेस युनियन सम्बद्ध पत्रकारको पहिचान हो त्यसैलाई जोगाई राख्नु हाम्रो कर्तव्य हो खड्काको भनाई थियो।
एक प्रसंगमा नेता खड्काले नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारि गरेको बर्तमान संविधानले आम नेपाली जनतालाई अधिकारलाई धेरै अधिकार प्रदान गरेको बताउदै संविधानको प्रचारप्रसारको नेतृत्व गर्न प्रेस युनियनलाई निर्देशन पनि दिनुभयो।
कृष्णप्रसाद भटराई आम संचार प्रतिष्ठानको नाम परिवर्तन गरेर सरकारले स्वयम लज्जित हुने काम गरेको नेता खड्काको टिप्पणी थियो

नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभा उद्घाटन समारोहलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौर,नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल,पुर्व अध्यक्ष समीरसंग शाह,बर्दियाका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद धिताल,केन्द्रिय प्रतिनिधि शुक्रऋृषि चौंलागाई,पत्रकार महासंघ बर्दियाका सचिव यादव आर्चाय,बारका जिल्ला अध्यक्ष संजीव कर्ण,बबई क्याम्पस प्रमुख बिनोद अग्रवाल,गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो। सम्बोधनको क्रममा अधिकांश बक्ताहरुले प्रतिष्ठानको नाम परिवर्तन गर्ने सरकारी निर्णयप्रति खेद प्रकट गर्दे तत्काल निर्णय सच्चाउन सरकारसंग मांग गरेका छन् साधारण सभाको संचालन सचिव बिष्णु अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य कोषाध्यक्ष कुसुम बि कले गर्नुभएको थियो।

Comments