समाजलाई सभ्य शिष्ट मयाीदत बनाउने पत्रकारिता गर्न केन्द्रिय सदस्य राठौरको निर्दैशन


पी सी एन
बर्दिया,१०माघ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरले नेपालका पत्रकारहरुले समाजलाई अराजक असभ्य बनाउने किसिमले पत्रकारिता गरिरहेको आफुले पाएको बताउनु भएको विदेशीहरुले कति सभ्य मर्यादित किसिमले पत्रकारिता गर्छन हामी कंहा अराजकता बढेको ःराठौरले भन्नुभयो।
नेपाल प्रेस युनियन बर्दियाको बार्षिक साधारण सभामा बोल्दै केन्द्रिय सदस्य राठौरले सन्त नेता कृष्णप्रसाद भटराईले स्थापना गरेको नेपाल पत्रकार महासंघका सदस्य वा जुनसुकै पत्रकारहरु पनि कृष्णप्रसाद भटराई जस्तो शिष्ट सभ्य भई समाजमा शिष्टाचार मर्यादा कायम गराउन लाग्नु पर्ने प्रष्ट पार्नुभयो
उंहाले कृष्णप्रसाद भटराईले देखाएको बाटोमा पत्रकारिता गरिरहेका छौ कि दलाली पत्रकारिता स्वयम पत्रकारहरुले मुल्यांकन गर्ने बेला आएको बताउनु भयो। लोकतन्त्रवादी पत्रकारहरु लोकतान्त्रिक,सभ्य शिष्ट हुनुपर्दछ ःउहाको भनाई थियो
केन्द्रिय सदस्य राठौरले हाल नेपाली कांग्रेस १३औं महाधिवेशनको तयारीमा लागिपरेको बताउदै देश जनताको सेवामा निस्वार्थ भावनाले समर्पित नेतालाई मात्र अधिवेशनमा छनौट गर्नुपर्ने उंहाको भनाई

उंहाले राजनीतिमा लागेर सर्वस्व गुमाउनेलाई चुन्ने कि दलाली गरेर पैसा कमाएकालाई चुन्ने त्यो जिम्मा कार्यकर्ताहरुको भएको बताउदै गरिब जनताको जीवनस्तरमा परिवर्तन भएमात्र  वी पी कोईरालाले चाहेको नेपाल निर्माण ुहने बताउनु भयो केन्द्रिय सदस्य राठौरले पार्टीभिब आमुल परिवर्तन जरुरी रहेको धारणा राख्नदै परिवर्तनको पक्षमा कलम चलाउन पत्रकारहरुलाई निर्देशन पनि दिनुभयो

Comments