पी सी एन
बर्दिया,१२माघ। बर्दिया राष्ट्रिय निकुञ्जले चोरी शिकार नियन्त्रण अभियान कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने भएको छ।
निकुञ्जले नेपाल प्रहरी,प्रशासन,नेपाली सेना,जिल्ला वन,समुदाय र युवा समितिसंगको सयुक्त सहकार्यमा चोरी शिकार नियन्त्रण कार्यलाई अझ प्रभावकारी बनाउन लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले पी सी एनलाई जानकारी दिनुभयो।
यसैबीच बर्दिया राष्टिय निकुञ्जबाट गैडा,हाती,बाघ लगायत ठूला र अन्य ससाना जनावरको चोरी शिकार गरि फरार अभियुक्तको खोजी कार्यलाई पनि तीव्रता बनाईने निकुञ्जले जनाएको छ ।
निकुञ्जमा बिभिन्न मुद्दा लागि फरार रहेका १सय ५५जनालाई तत्काल खोजी गरि आवश्यक कारवाही गरिने प्रमुख संरक्षण अधिकृत थापाले जानकारी दिनुभयो। निकुञ्जमा बिभिन्न मुद्दा लागेका २सय ३६जना मध्ये ८१जनालाई निकुञ्जले पक्राउ गरि ऐन नियम बमोजिम कारवाही गरि सकेको बताईएको छ।
Comments
Post a Comment