निकुञ्जमा गैंडाको प्रत्यक्ष अनुगमन र सुरक्षा सेनाले गर्ने


पी सी एन
बर्दिया,२१पौष। बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका गैंडाको छुट्टाछुट्टै पहिचान हुने संकेतका आधारमा निकुञ्जका कर्मचारी   प्राविधिकहरुबाट अनुगमन हुंदै आएकोमा अब गैंडा अनुगमन सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको सेनाले गैडाको स्थिति एंव अवस्थाको बारेमा अनुगमन गर्ने
गैडा गणनाका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको रणशार्दुल गणका ४० जना सुरक्षाकर्मीहरुका लागि पहिचानमा आधारित गैंडा अनुगमन  तालिम प्रदान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो। ठाकुरद्वारामा आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक  फणीन्द्र राज खरेलले  आवश्यक पर्ने जिपिएस, बाईनाकुलर, क्यामरा, ब्याट्री लगायतका उपकरण रणशार्दुल गणका गणपति प्रभुकृष्ण खड्कालाई हस्तान्तरण गर्नुभएको थियो
यस अघि बर्दिया राष्टिय निकुञ्जका कर्मचारी राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका प्राविधिकबाट निुकञ्जमा गैडा गणना हुदै आईरहेको थियो सन् २०१४मा गरिएको गणनामा गैडाको संख्या २९पुगेको थियो

मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यको अध्यक्षतामा आयोजित तालिम समापन एंव  सामाग्री हस्तान्तरण कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालय योजना महाशाखाका उपसचिव  पशुपति कोईराला ,बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा,रणशार्दुल गणका निवर्तमान गणपति प्रभुकृष्ण खड्का , गणपति राजेन्द्र पन्त, डब्लु, डब्लु,एफ तराई भूपरिधि कार्यक्रमका समन्वयकर्ता  शिवराज भट्ट लगायतको उपस्थिति रहेको पी सी एनले जनाएको छ।

Comments