कार्यकर्ताको सुरक्षा गर्नेलाई नेतृत्वमा पुरयाउन कंग्रेस केन्द्रिय सदस्य राठौरको निर्देशन

पी सी एन
बर्दिया,२३पौष। नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरले आगामी महाधिवेशनमा गांउदेखि केन्द्रसम्म विकासप्रमी ,कार्यकर्ताको सुरक्षा गर्ने , भ्रष्टाचार बिरोधी एंव सक्षम ब्यतिmलाई पार्टीको नेतृत्व तहमा पुरयाउन  कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको उंहाले गलत ब्यतिmको हातमा नेतृत्व पुगे देश जनताले दुःख पाउने जिकीर गर्नुभयो
बर्दिया क्षेत्र नं ४को मुरैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दे केन्द्रिय सदस्य राठौरले घुस खाने ,झुठ बोल्ने,संविधान सभाको निर्वाचनमा पार्टीको उम्मेदवारलाई सहयोग नगरि माओवादीलाई सहयोग गर्ने ,कार्यकर्ताको संरक्षण नगर्नेहरु ठेगान लगाएर पार्टीमा जस्तोसुकै अवस्थामा पनि कार्यकर्ताको सुरक्षा गर्ने योग्य सक्षम नेतृत्व चयन गर्न सबैमा आग्रह गर्नुभयो
बर्दिया कांग्रेसमा ज्ञानराज शर्मापछि नेतृत्व गर्ने जिल्ला सभापतिहरुले बर्दियाको विकास पार्टीको संगठनलाई जीवन्त बनाउन प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै केन्द्रिय सदस्य राठौरले भन्नुभयो भष्टाचार गर्ने,जिल्लामा बसेर दलाली गर्ने ,कार्यकर्ताहरुलाई पैसाले किन्नेको पछि लाग्ने कि जस्तासुकै अवस्थामा कार्यकर्ताको सुरक्षा गर्नेको पछि लाग्ने त्यो रोजाई कार्यकर्ताको हो
नेपाली कांग्रेसले भुमिहिन ,सुकुम्बासी ,मुक्तकमैयाको पक्षमा धेरै काम गरेको समरण गराउदै केन्द्रिय सदस्य राठौरले मुक्त कमैया भुमिहिन सुकुम्वासीको घर घरमा गएर संगठन गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो
एक प्रसंगमा केन्द्रिय सदस्य राठौरले आफुले देश जनताको सेवाको लागि राजनीति गरेको प्रष्ट पार्दे आफु नेपाली कांग्रेसको केन्द्रिय सदस्य भए यता बर्दियाको विकासमा धेरै काम गरेको दावि गर्नुभयो

कार्यक्रममा क्षेत्रीय सभापति दिपकजंग शाह, राजापुर गांउ समितिका सभापति रमन रेग्मी, कंग्रेस नेता कमल रेग्मी, पी सी एन अध्यक्ष यम घिमिरे, पुर्व जि वि सदस्य गोपाल रेग्मी,महिला नेतृ माया भटराई लगायतले पार्टीको समसामयिक स्थितिका बारेमा प्रकाश पार्नुभयो।

Comments