थरुहट थारुवान प्रदेशको मांग गर्दे बर्दियाको बांसगढीमा जनसभाको आयोजना


पी सी एन
बर्दिया,२४पौष। थारुहरुको अधिकार ,न्याय ,पहिचान आत्मसम्मानका लागि थरुहट थारुवान स्वायतm प्रदेशको स्थापनाको मांग गर्दे बर्दियाको बांसगढीमा शुक्रबार जनसभाको आयोजना गरिएको
थरुहट थारुवान संयुक्त संर्घष समिति थारु कल्याणकारी सभाले संयुतmरुपमा आयोजना गरेको सभालाई थरुहट तराई पार्टीका वरिष्ठ नेता गोपाल दहित,सभासदहरु योगेन्द्र चौधरी,गंगा चौधरी,थारु कल्याणकारी सभा बर्दियाका अध्यक्ष गोविन्द थारु, प्रवक्ता देवमान थारु थारु नेता बीरु चौधरी ,बलिराम थारु लगायतले सम्बोधन गर्नु भएको थियो
जनसभालाई सम्बोधन गर्दे थारु नेताहरुले थारुहरुलाई  पुनः कमैया कमलहरी बनाई दास बनाउने उदेश्ययले जारि गरिएको नेपालको संविधान २०७२ आफुहरुलाई स्वीकार हुन नसक्ने बताउदै ६प्रदेशको अब्यवहारिक अवैज्ञानिक सीमाकंनमा संशोधन नहुदासम्म आफुहरुको आन्दोलन जारि रहने स्पष्ट पारे।उनीहरुले कंचनपुरदेखि चितवनसम्म थरुहट थारुवान प्रदेश हुनुपर्ने पुरानो मांगलाई नै स्पष्ट रुपमा उठान गरे
एमाले माओवादीको दवाबमा कांग्रेसले थारु,मधेशी तराईवासीहरुलाई दमन बिभेद गर्ने उदेश्ययले ल्याएको बर्तमान संविधान जनबिरोधी संविधान रहेकोले यो संविधानमा ब्यापक संशोधन जरुरी रहेको उनीहरुको जिकीर
तराईमा भईरहेका थारु मधेश आन्दोलनलाई ब्यापक जनसर्मथन मिलेको बताउदै थारु नेताहरुले आन्दोलनलाई सार्थक बनाउन मिडिया,सुरक्षाकर्मी नागरिक समाज एंव कर्मचारीतन्त्रहरुले दिल खोलेर सहयोग गर्नुपर्ने जिकीर गरे।
ग्रामिण क्षेत्रका हजारौ थारु महिलाहरुको उपस्थिति रहेको भेलामा  सांस्कृतिक नृत्य एंव झलकहरु मार्फत थारुवान थरुहट आन्दोलनको पक्षमा जनमत सृजना गरिएको थियो

जनसभाको रिर्पोर्टिग गर्न प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,प्रेस युनियनका सचिव विष्णु अधिकारी ,एभिन्युज सहकर्मी दुर्गा आचार्य सेतोपाटीका संवाददाता दिपक श्रेष्ठ बांसगढी पुग्नु भएको थियो ।उंहाहरुको सम्मानमा बीरु चौधरीले रात्रीभोजको आयोजना पनि गर्नुभयो।

Comments