पी सी एन
बर्दिया,२१पौष । मध्यवर्ति क्षेत्रका वासिन्दाहरुको घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खर,खरिया बाबियो, नरकट जस्ता वनपैदावार निकाशी गर्ने सुबिधा प्रदान गर्न बर्दिया राष्ट्रिय निकुञ्जले विगत बर्षझै यस बर्ष पनि खरखडाई खुला गरेको छ ।
पुष १३गते
बसेको मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार बबई नदी पश्चिमका बासिन्दालाई पुष २० र २१गते पुर्जी बितरण गरि पौष २२ देखि २४गतेसम्म तीन दिन खरखडाई संकलन तथा निकासी
गर्ने सुबिधा प्रदान गर्ने निर्णय गरिएको पी सी एनले जनाएको छ ।
बबई नदी पुर्वका बासिन्दाले भने समितिको निर्ण अनुसार पुष १६ र १७गते पुर्जी लिई पौष १८ देखि २०गतेसम्म खरखडाई संकलन गरि निकासी
गरेका छन्।
Comments
Post a Comment