७५वटै जिल्लामा खटिएका निर्वाचन अधिकृतले काम शुभारम्भ गरिसकेको कंग्रेस निर्वाचन समितिका सदस्य घिमिरेद्धारा जानकारी

पी सी एन
काठमाण्डौ,१३माघ। नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले ७५वटै जिल्लामा निर्वाचन अधिृकतहरु खटिएर काम शुरु गरिसकेको बताउदै अधिवेशनलाई भव्य सभ्य रुपमा सफल बनाउने कार्यमा निर्वाचन अधिकृतलाई पुरा सहयोग गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ। माघ १५ १६ गते हुने गाउ तथाँ वडा २२ गते हुने  क्षेत्रीय २५ गते हुने  जिल्ला अधिवेशनका लागि निर्वाचन अधिकृतहरु आफनो जिल्ला पुगि काम शुभारम्भ गरिसक्नु भएको ःसदस्य घिमिरेले भन्नुभयो
प्रेस क्लब अफ नेपाल पी सी एनसंगको साक्षात्कारमा सदस्य घिमिरेले ठुलो उत्साह उमंग लिएर निर्वाचन अधिकृतहरु सबै जिल्लामा पुगि आफनो जिम्मेवारी बहन गरिरहनु भएको उंहाहरुको उत्साहलाई पार्टीका कार्यकर्ताहरुले मनन गर्नुहुने विश्वास समेत ब्यक्त गर्नुभयो।
उंहाले निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावली एक प्रतिशत नाममा मात्र प्राविधिक त्रुटि रहेको सो प्राविधिक त्रुटी सच्चाउने अधिकार केन्द्रिय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई प्रदान गरेको प्रष्ट पार्नुभयो। नाम छुट बारेको समस्या गंभीर प्रकृतिको भएकाले सो बारेमा निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई मात्र रहेको जिकीर गर्नुभयो
उंहाले तराईमा आन्दोलनरत मधेशी दल ,थरुहट थारुवान अन्य समुहले पनि कांग्रेसको अधिवेशनको निर्वाचन कार्यक्रमलाई असर नपुरयाउने विश्वास समेत प्रकट गर्नुभएको छ।
नवीकरण नंया गरि हाल नेपाली कांग्रेसमा ४लाख ७०हजार जति कृयाशील सदस्य रहेको सदस्य घिमिरेले  पी सी एनलाई बताउनु भयो फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने महाधिवशेनका लागि कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे खम्ब थाति सदस्य रहेको सदस्यीय केन्द्रिय निर्वाचन समिति गठन गरेको थियो।
कांग्रेस महाधिवेशनको शुरुवात संगै नेताहरु दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्। महाधिवेशन नजिकिएसँगै जिल्लामा पार्टी्भित्र गुटउपगुटको सक्रियता पनि बढेको केन्द्रमा संस्थापन देउवानिकट मानिने नेताहरू जिल्लामा दुबै पक्षको मत लिएर  आफु कसरी चुनाव जित्ने आफ्नो अस्तित्व जोगाउनु भन्ने उदेश्ययले हिडीरहेका छन्।

Comments