कृष्णप्रसाद भट्टराई आम संचार प्रतिष्ठानको नाम परिर्वतन गर्ने निर्णय नसच्चाए आन्दोलनमा जाने प्रेस युनियनका केन्द्रिय अध्यक्ष सिग्देलको चेतावनी

पी सी एन
बर्दिया,१०माघ। नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले कृष्णप्रसाद भट्टराई आम संचार प्रतिष्ठानको नाम परिर्वतन गरि राष्ट्रिय आम संचार प्रतिष्ठान राख्ने सरकारी निर्णयको घोर भत्सर्ना गर्दै निर्णय नसच्चाए आफुहरु देश ब्यापी रुपमा आन्दोलनमा उत्रिने बताउनु भएको
नेपाल प्रेस युनियन बर्दियाको वार्षिक साधारण सभालाई सदरमुकाम गुलरियामा सम्बोधन गर्दै अध्यक्ष सिग्देलले पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरिएको प्रतिष्ठानको नाम हटाउने सरकारी कार्य लोकतन्त्र,आम पत्रकारहरुमाथिको प्रहार भएकाले सरकारी निर्णय बिरुद्ध आफुहरु आन्दोलनमा जाने चेतावनी दिनुभएको
उंहाले हाल मेहन्द्र बिष्ष्टको अध्यक्षतामा रहेको नेपाल पत्रकार महासंघले अनेक  बहानामा राजनीति गरिरहरेको बतादै युनियन बिरुद्ध राजनीति गर्दे गए नेपाल प्रेस युनियन पत्रकार पत्रकार महासंघमा नबस्ने चेतावनी समेत दिनुभयो
हाल नेपालका पत्रकारहरु पेशागत भौतिक रुपमा नै असुरक्षित रहेको जिकीर गर्दे अध्यक्ष सिग्देललले सरकारी गैर सरकारी संचार माध्यममा श्रमजीवी ऐन पुर्ण रुपमा लागु गरि पत्रकारको सुरक्षामा सहयोग पुरयाउन सरकारसंग आग्रह गर्नुभयो उहाले हालका दिनमा आस्थाका आधारमा सरकारी संचार माध्यममा आबद्ध संचारकर्मीलाई आस्थाका आधारमा संचारगृहबाट निष्कासन गर्ने कार्य तत्काल बन्द गर्न समेत सरकारलाई अनुरोध गर्नुभएको छ।
उंहाले ईमानदार अनुशासित सदस्यहरुले नेपाल प्रेस युनियनमा जिललादेखि केन्द्रसम्म ठांउ पाउने बताउनु भयो
साधारण सभामा बोल्दै नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी आम संचार प्रतिष्ठानको नाम परिवर्तन गर्ने सरकारी निर्णय बिरुद्ध केन्द्रिय समितिको निर्देशन बमोजिम आफुहरु आन्दोलनमा जाने  सो युनियन रपार्टीका नेताहरुसंग आफुले आवश्यक छलफल गरिरहेको बताउनु भयो।

नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाटले प्रेस युनियन नेपाली कांग्रेस बीचको गरि नेपालको विकासमा सहयोग पुरयाउन प्रेस युनियनमा आबद्ध पत्रकारहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो।

Comments