अदुवाको निकासी रोकिँदा अदुवाको बजार मूल्य घटेर कृषकहरु मर्कामा ,निकासी तत्काल सुचारु गर्न व्यवसायीहरुको सरकारसंग मांग

पी सी एन
नेपालगंज,२८माघ मध्यपश्चिमका पहाडी जिल्लाका कृषकको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेका अदुवाको निकासी एक्कासी रोकिँदा अदुवाको बजार मूल्य घटेर कृषकहरु मर्कामा परेपछि निकासी तत्काल सुचारु गर्न सरकारसँग पनि जडिबुटी व्यवसायी कृषकले माग गरेका छन्
भारतले नेपालगन्ज नाकावाट हुने निकासी रोकिदिएपछि २५ देखि ३० रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको अदुवाको मूल्य करिब ५० प्रतिशतले घटेको व्यवसायीहरु बताउछन।
 निकासीका लागि भारतीय भन्सारमा पु¥याइएका अदुवा लोड गरिएका ट्रकहरूलाई पूर्वसूचना नदिएर नेपाल फर्काइदिएकोले समस्या भएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो
मध्यपश्चिमका दाङ, प्युठान, रोल्पा, सल्यान सुर्खेतलगायत जिल्ला अदुवाको पकेट क्षेत्र मानिन्छन् नेपालगन्ज नाकाबाट बर्षेनीन करिब १० हजार टन अदुवा भारततर्फ निर्यात हुँदै आएको गत वर्ष नेपालगन्ज भन्सारबाट करोड ६३ लाख ६० हजार मूल्यको अदुवा भारत निकासी भएको थियो

यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघले रुपैडिया भन्सार कार्यालयले अदुवाको निकासीमा लगाएको अवरोध हटाएर निकासीलाई सहज बनाउने प्रयास सुरु गरेको संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पी सी एनलाई जानकारी दिनुभयो

Comments