पी सी एन
काठमाण्डौ,२९माघ ।नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि गत माघ २५ गते भएको निर्वाचनमा २५ जिल्लाका सभापति निर्वा्चित भएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिनुभएको छ । झापाका उद्वव थापा र पाल्पामा वीरबहादुर राना सर्वसम्मतीले सभापति चुनिएका छन् भने अन्य जिल्लामा बहुमतले निर्वाचित भएका छन् ।
निर्वा्चित भएका जिल्ला सभापतिमा मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, वैतडीमा नरेन्द्रसिंह थापा र डडेलधुरामा कर्णबहादुर मल्ल सभापतिमा निर्वा्चित हुनुभएको छ ।
काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् ।
यस्तै ताप्लेजुङमा लीला पोखरेल, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जवप्रसाद बराल र धादिङमा रमेश धमला रहेका छन्।
लमजुङ, चितवन, बर्दिया, प्यूठान, बाँके र ललितपुरमा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः निर्वाचन हुनेछ ।
निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेका अनुसार शनिबारदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने र १० गतेसम्म सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । यस्तै ६५ जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । बारा, पर्सा, सर्लाही, धनुषा, सप्तरी, सिरहालगायतका केही जिल्लामा मधेस आन्दोलनले क्षेत्रीय निर्वाचन समेत हुनसकेको छैन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको २६ गते निधन भएपछि फागुन १ गतेसम्मका लागि अधिवेशनका कार्यक्रम स्थगित गरिएको थियो ।
Comments
Post a Comment