बर्दिया निकुञ्जमा बाघको आक्रमणबाट नेचर गाईड शाह घाईते,विदेशी सहित चार जनालाई हातीले उद्धार गरियो


पी सी एन
बर्दिया,१फागुन । बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण कार्य प्रभावकारी  भएर संगै बर्दिया निकुञ्जमा बाघको संख्यामा बृद्धि भएको छ । बाघको संख्या बृद्धि भएकाले निुकञ्ज  भित्र जंगल घुम्दा र बाघ हेर्न खौजदा विशेष  सर्तकर्ता अपनाउनु पर्दछ । विशेष सावधानी र सर्तकर्ता नअपानाएर बाघको आक्रमण बाट ज्यानै पनि जान सक्छ।
शनिवार दिउसो यस्तै घटना घटेको छ । विदेशीलाई निकुञ्ज भित्र बाघ देखाउन गएका  नेचर कृष्ण शाहले गाईडले विशेष सावधानी र सर्तकर्ता नअपनाउदा बाघको आक्रमणबाट शाह घाईते भएका छन्।
दिउसो २बजे बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुने पुगेका नेदरल्याण्डाका गोरारा, बर्दिया संरक्षण कार्यक्रमका रामजी थापा,उमंग खडका र कृष्ण शाह मध्ये नेचर गाईड शाह बाघको आक्रमणमा परेका हुन।। होहल्ला गरेर लटठी भुईमा बजारेपछि बाघ आफनो बाटो लागेको र डराएर रुखमा बसेका उनीहरुपछि हाती पठाएर  उद्धार गरिएको छ । 
बच्चासंग रहेको बाघले डिस्टर्ब महसुस गरेर आक्रमण गरेको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेहकुमार थापाले जानकारी दिनुभयो।
घाईते शाहलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पुरयाईएको निकुञ्जले जनाएको छ ।शाहको दुवै खुट्टामा बाघले  पन्जाले आक्रमण गरेर गहिरो घाउ चोट लागेको छ ।

Comments